logo
  • शुक्रबार, साउन ८ २०८३

आठौ सागा दावा महाप्रणिाधान (मोन्लम) धाप्सङ रिन्पोछोको गुम्बामा


  • साझा नेटवर्क
  • शुक्रबार, साउन ८ २०८३

काठमाडौँ जेष्ठ २ ।
आठौ सागा दावा महा प्रणिाधान (मोन्लम) बौद्ध स्थित धाप्सङ रिन्पोछोको गुम्बामा आज देखि दुइ दिन सम्म जेष्ठ २ देखि ३ गते सम्म चार बौद्ध सम्प्रदायका भिक्षु भिक्षुणीहरु उपस्थिति भई यस मोन्लममा प्राथना गरि रहनु भएको छ । 13245825_10208165014702185_6600051_n गत वर्ष झै यो वर्ष पनि नेपाल महा बौद्ध संघ द्वारा संसार, जगतका सम्पूर्ण प्राणीहरू आफना अज्ञानताका कारण सांसारिक दु:ख चक्रमा भ्रमित भई विभिन्न प्रकारका असाहय दु:ख पिडाहरू भोग्नुका सथै जन्म,ज़रा,बिमारी र मरणको चक्रबाट मुक्ति हुनको निम्ति, विश्वशान्तिका महानयाक एवं महाकरूणाका परममूर्ति शाक्यमुनि बुद्धको धर्म सन्देश विश्वका विभिन्न देशहरूमा प्रचार – प्रसार हुनका साथै यस प्रणिाधानको पुण्यबलले षष्टगतिका दु:ख बाट मुक्त भई13219709_10208165012742136_771647553_n निर्वाणको मार्ग पाउन सकुन् अनि सारा संसारमा बुद्ध भूमिमा रोग कष्ट, भय,आतंक अनिकाल,भल पैर्हो बाडी भूकम्प जस्ता सबै प्राकृतिक प्रकोप शान्त होस र संसारमा हरेक प्राणि लाइ दुख बाट मुक्त होस् भनि सम्पूर्ण भिक्षु भिक्षुणीहरु ले आन्तरिक प्रार्थनाका साथ् यस सागा दावा प्रणिाधान (मोन्लम्) मुल आयोजक समिति नेपाल बौद्ध महासंघ द्वारा हरेक वर्ष बुद्ध जयन्ती अवसर परि पुजा गरिरहनु भएको छ । यस पुजाले गर्दा संसारमा भएको पापहरु नष्ट भई जगत को भलाइ हुने विश्वास लामा गुरुज्यु हरु लिनु हुन्छ ।

प्रतिक्रिया दिनुहोस
ताजा अपडेट
धेरै पढिएका
सम्बन्धित समाचार

© 2026 All Right Reserved to Sajhanetwork.com  | Site By : SobizTrend