logo
  • शनिबार, साउन ३० २०८३

गुल्मीमा आगलागीको पिडा १० करोडको क्षती


  • साझा नेटवर्क
  • शनिबार, साउन ३० २०८३

अनिल खत्री, गुल्मी जेठ २ ।
केहि दिन गुल्मीको वडागाउँमा गाउँ नै ध्वस्त हुने गरि लागेको आगोलागीबाट र अन्य ठाउँमा लागेको आगोलागीबाट घरगोठ जल्दा करिव १० करोड जती क्षती भएको छ । आगोबाट क्षती भएका घर बंगाला तथा पशुपंक्षीहरुबाट उक्त रकम क्षती भएको बताइएको छ ।
IMG_2344
वडागाउँ गाविसको दजाकोट,माझगाउँमा लागेको आगोलागीबाट ८० घर वंगाला जलेर नष्ट भएका थिए । गुल्मीको वडागाउँमा लागेको आगोलागीबाट घर तथा वंगाला जलेसगै ३ सय ३१ परिवार प्रभावित भएको छन् । वडागाउँमा आगोलागीमा परि एक जनाको मृत्यु भएको थियो भने वडागाउँमा मात्रै लागेको आगोलागीमा परि ४ सय ९७ पशुपंक्षी जलेर नष्ट भएको गुल्मीका प्रमुख जिल्ला अधिकारी प्रदिपराज कँणेलले जानकारी दिनुभयो । गत शनिवार गुल्मीमा एकै दिन वडागाउँ र थोर्गामा लागेको आगोलागीमा ठुलो जन र धनको क्षती भएको थियो ।

आगोलागीमा परि भैंसी २६ वटा, बाख्रा ८४ वटा, गाइगोरु १५ वटा, बंगुर ५ वटा खरायो १ वटा, परेवा २ वटा र कुखुरा ३ सय ६ वटा आगोमा जलेर मरेका थिए । आगोलागीमा परि १४ वटा पशुपंक्षी घाइते भएका छन् । घाइतेहरुमा भैंसी ३ वटा, बाख्रा ८ वटा र गाइगोरु ३ वटा रहेका छन् । घाइते शपुपंक्षीको उपचार गराई रहेको प्रमुख जिल्ला अधिकारी कँणेलले जानकारी दिनुभयो ।

गुल्मीमा हाल सम्म बिभिन्न ठाउँमा आगो निभाउँने क्रममा ४ जनाको मृत्यु भएको छ । आगो निभाउँने क्रममा ३ जना र १ जना आगोमा परि मृत्यु भएको थियो । गुल्मी जिल्लाका बिभिन्न ठाउँमा लागेको आगोलागीबाट १ सय ७ घर जलेर नष्ट भएका छन् भने १५ वटा बंगाला र गोठ क्षती भएका छन् । आगोलागीमा परि मृत्यु भएका परिवारलाई जिल्ला प्रशासन कार्यालय गुल्मीको तर्फबाट क्रियाखर्च स्वरुप रु ४० हजार र घर मानिस बस्ने बंगाला जलेर नष्ट भएकालाई रु ५ हजार प्रदान गरिएको प्रमुख जिल्ला अधिकारी कँणेलले जानकारी दिनुभयो ।

आगोलागीबाट क्षती ग्रस्त गाउँमा पुनःस्थापना र आय आर्जनका कार्यक्रमहरु लैजानु पर्ने प्रस्ताव भएको छ । आगोलागी प्रभावित गाउँमा सबैखाले बिकास निर्माणका काम देखि अत्यबश्यक कार्यक्रमहरु लैजान प्रस्ताव भएको छ । आगोलागी प्रभावित क्षेत्रमा पानीको चरम समस्या भएकोले केन्द्रीय स्तरबाट लिफ्ट खानेपानी लैजानु पर्ने, स्थायी आवास निर्माण गर्न बिशेष ध्यान दिनुपर्ने, अग्नि प्रभावित क्षेत्रमा वर्षायाम अगावै मावन, पशु धन एबं आबश्यक सामाग्री राख्ने बनाउँन केन्द्रिय दैबिक प्रकोप उद्धार समितिबाट बिशेष सहयोग गराईदिन आग्रह गर्ने भएका छन् ।

प्रभावित क्षेत्रमा गोठ सुधार निर्माण, कार्यकालागी पशुबिकास मन्त्रालय मार्फत बिशेष कार्यक्रम ल्याउन आग्रह गर्ने भएका छन् । वर्षायमा अगावै पुननिर्माणको लागी घर बंगाला गोठका लागी हाल तत्काल अस्थायी आश्रय स्थल बईएको छ । अग्नी पिडित परिवारलाई बिउ,बिजन, मल,उपकरणका लागी,कृषि मन्त्रालयबाट अनुदान आबश्य देखिएकोे छ । अग्नि प्रभावित परिवारलाई आयआर्जनका सिप मुलक कार्यक्रमहरु आबश्यक रहेको बताइएको छ । सरकारले अग्नि पिडित परिवारलाई दुइ वण्डल जस्ता पाता दिने भएको छ ।

अगोलागी प्रभावित क्षेत्रमा जिल्ला रेडक्रस, नेपाली सेना, नेपाल प्रहरी जिल्ला स्थित बिभिन्न सरकारी गैर सरकारी संस्थाहरुले राहत र उद्धारका कामहरुलाई सघाएका थिए । प्रभावित क्षेत्रमा स्वस्थ्य सहितको टोली अनुगमन गरिरहेको र घाइते पशु चौपायहरुलाई उपचार भइरहेको प्रमुख जिल्ला अधिकारी प्रदीपराज कँणेलले जानकारी दिनुभयो । प्रभावित क्षेत्रमा जिल्लाका बिभिन्न स्थानका समाजसेवी, क्लव, समुह, व्यवसायीहरुले पनि उद्धार राहतका कामहरु गरिरहेका छन् । बिभिन्न संस्थाहरुले प्रभावित क्षेत्रमा सामुहिक खाना खाने व्यवस्था मिलाएका थिए ।

सुख्खा मौसम सगै जिल्लाका बिभिन्न ८३ वटा सामुदायिक वनमा लागेको आगलागीबाट ४ हजार ६ सय हेक्टर भन्दा वढी जंगल जलेको जिल्ला वन कार्यालय गुल्मीका वन अधिकृत बिशाल घिमिरेले जानकारी दिनुभयो । जिल्लामा ४ सय ४३ वटा सामुदायिक वन छन् भने १७ हजार ५ सय हेक्टर सामुदायिक वन रहेको वन अधिकृत घिमिरेले जानकारी दिनुभयो ।

प्रतिक्रिया दिनुहोस
ताजा अपडेट
धेरै पढिएका
सम्बन्धित समाचार

© 2026 All Right Reserved to Sajhanetwork.com  | Site By : SobizTrend