logo
  • शनिबार, साउन ३० २०८३

खर्वाङमा ६ दिने सहकारी लेखा तथा ब्यवस्थापन तालिम सुरु


  • साझा नेटवर्क
  • शनिबार, साउन ३० २०८३

गणेश थापा, बागलुङ जेष्ठ १।
डिभिजन सहकारी कार्यलय बागलुङको आयोजना तथा स्थानिय सहकारीहरुको सहकार्यमा ६ दिने सहभागितात्मक सहकारी लेखापालन तथा ब्यवस्थापन तालिम आजदेखी खर्वाङमा सुरु भएको छ । तालिमको उद्घाटन समारोहमा बोल्दै डिभिजन सहकारी कार्यलयका सहकारी निरिक्षक श्रीराम पौडेलले लेखा ब्यवस्थापन सहकारीको मुटु भएको बताउनु भएको छ । सहकारी सँस्थाहरुमा लेखा ब्यवस्थापन सहि नभए सहकारी दिगो बन्न नसक्ने बताउदै पौडेलले लेखा ब्यवस्थापनका लागि तालिम उपयोगी हुने धारणा ब्यक्त गर्नु भयो ।

उद्घाटन समारोहमा राजनैतिक दलको तर्फबाट नेपाली काङग्रेस दगातुम्डाँडाका सभापति रत्न बहादुर क्षेत्री, दगातुम्डाँडाका निर्वतमान अध्यक्ष एवम गिरीङदीखोला लघु जलविद्युत सहकारी सँस्थाका अध्यक्ष मित्र बहादुर पुन, त्रिभुवन उच्च मावि खर्वाङका प्राचार्य ढालमणि भण्डारी, सिवाईसी नेपाल खर्वाङका बरिष्ठ शाखा प्रबन्धक शान्ति शर्मा, नेष्डो नेपाल खर्वाङका प्रबन्धक कल्पना पाण्डे, सारथी सञ्चार सहकारीका सहसचिव एवम रेडियो सारथीका समाचार प्रमुख कमल पौडेल, रिघा मनेवा दरमखोला जलबिद्युत सहकारीका सचिव डम्बर बहादुर श्रीस, सुरक्षा बचत तथा क्रृण सहकारीका उपाध्यक्ष गन बहादुर श्रीस, मिलन ब्यवसायिक कृर्षि सहकारीका अध्यक्ष बिष्णु केसी लगायतले शुभकामना मन्तब्य ब्यक्त गर्नु भएको थियो ।

उद्घाटन समारोह नव प्रतिभा बचत तथा क्रृण सहकारीका प्रबन्धक दुर्गा अर्यालको स्वागत मन्तब्य, अध्यक्ष बिष्णु प्रसाद खरेलको अध्यक्षता एवम सँचालक बिष्णु प्रसाद भुसालको सञ्चालनमा सम्पन्न भएको थियो । आज पहिलोदिन सहकारी डिभिजन कार्यलय बागलुङका सहायक सहकारी निरीक्षक डोलराज शर्माले तालिमको सहजीकरण गर्दे सहकारीको इतिहास, बिकासक्रम एवम सहकारीको सिद्धान्तको बारेमा जानकारी गराउनु भएको थियो । तालिममा दगातुम्डाँडा, रिघा, सिसाखानी, जलजला र ग्वालीचौरका करिव २५ जना सहभागीहरुको उपस्थिती रहेको छ । तालिम जेष्ठ ६ गते सम्म सञ्चालन हुनेछ ।

प्रतिक्रिया दिनुहोस
ताजा अपडेट
धेरै पढिएका
सम्बन्धित समाचार

© 2026 All Right Reserved to Sajhanetwork.com  | Site By : SobizTrend