logo
  • शुक्रबार, साउन ८ २०८३

भारी पुरस्कारको राफल ड्र सहित आज अमिर कप फाइनल हुँदै


  • साझा नेटवर्क
  • शुक्रबार, साउन ८ २०८३

रवि रोषी, दोहा ।
कतार भलिवल एसोसिएसन द्धारा आयोजित अमिर कप भलिबल च्यालेन्ज कप २०१६ को फाइनल आज साँझ ६ बजेबाट हुँदैछ । सो खेलमा नेपालले आज तेश्रो स्थानको लागि फिलिपिन्स संग भिड्ने भएको छ । आजको फाइनल खेल विश्वकै उत्कृष्ट १० भित्र पर्ने अति सुविधासम्पन्न हालै निर्माण सम्पन्न अलसाद स्थित हमाद अल अतिया स्टेडियममा हुनेछ ।
IMG_3691
कतार भलिवल एसोसिएसनका हुसेन अलिद्धारा प्रेषित पत्र अनुसार सम्पुर्ण भलिवल प्रेमी नेपालीहरुलाई अलसाद स्थित अति सुविधा सम्पन्न इन्डुअर हलको पश्चिमी ४ नं.प्रवेशद्धारमा निशुल्क प्रवेश सहित राफल ड्र को कुपन वितरण गरिने र खेलको समापन लगत्तै विजयी घोषणा गरी सोहि समयमा नै विजेतालाई पुरस्कार वितरण गरिनेछ ।13239113_1385237511492830_4940269582273213313_n

साँझ ५.३० बाट ६ बजे सम्म मात्र स्टेडियमको ४ नं. गेटबाट वितरण गरिने निशुल्क राफल ड्र कुपनमा अति नै महत्वपुर्ण किमती पुरस्कारहरुको व्यवस्था गरिएको पनि पत्रमा उल्लेख गरिएको छ ।

प्रतिक्रिया दिनुहोस
ताजा अपडेट
धेरै पढिएका
सम्बन्धित समाचार

© 2026 All Right Reserved to Sajhanetwork.com  | Site By : SobizTrend