साझा नेटवर्क
अनिल खत्री, गुल्मी बैशाख ३० ।
जिल्ला बिकास समिती गुल्मीका पूर्व सभापति नेकपा एमाले लुम्बिनी अञ्चल सदस्य समाज सेवी कोशल पोखरेलको निधन भएको छ । गुल्मी जिल्लाको दिगाम गाविसको वडा नं. ४ निवासी पोखरेलको बिहिवार बिहान हृदयघातका कारण निधन भएको हो ।

बिहिवार बिहान एक्कसी मुटुदुख्ने समस्या आएपछी यहाँलाई उपचारको लागी नजिकै रहेको श्रृङ्गा प्रथामिक उपचार केन्द्रमा लगिएको थियो । स्थानिय केडिकलमा उपचार सम्भव नभएपछि उहाँलाई पाल्पा लैजाने तयारी गर्दै गर्दा निधन भएको आफन्तले बताएका छन् । निधन पछाी उहाँको सवलाई अन्तिम श्रद्धाञ्जलीका लागी नेकपा एमाले पार्टी कार्यालय मदन आश्रीत स्मृति भवन गुल्मीमा राखिएको थियो ।
उहाँको सवमा श्रद्धाञ्जली दिन जिल्ला स्थित बिभिन्न राजनितीक दल, बिभिन्न कार्यालयका प्रमुख समाजसेवी, पत्रकार स्थानियको ठुलो भिड लागेको थियो । निकै मिजासिलो स्वभाव भद्र व्यक्तित्वका रुपमा परिचित समाजसेवी पोखरेलको निधन प्रति बिभिन्न पार्टीका नेता कार्यकर्ताहरुले पार्टी कार्यालयमा पुगि श्रद्धाञ्जली व्यक्त गरेका थिए ।
उहाँको निधनप्रति बिभिन्न संघ संस्था, कार्यालयहरुले दुख व्यक्त गर्दै दुखद निधनले गुल्मी जिल्लाले एक असल समाज सेवी अगुवा व्यत्तित्व गुमाएको बताएका छन् । अन्तिम श्रद्धाजलीका लागी पार्टी कार्यालयमा राखिएको पोखरेलको सवलाई आजै गुल्मीको धार्मिक तथा ऐतिहासिक स्थल रिडिमा हिन्दु परंम्परा अनुसार अत्यष्टी गरिने नेकपा एमाले गुल्मीले जनाएको छ ।
उहाँको सवमा अन्तिम श्रद्धाञ्जली दिन नेकपा एमालेका केन्द्रिय सचिवहरु प्रदिप ज्ञवाली, गोकर्ण बिष्ट, सभासद दिलशोभा पुन आउँने कार्यक्रम समेत राखिएको पार्टीले जनाएको छ । पार्टीका एक कुसल व्यतित्वको निधन प्रति नेकपा एमालले गुल्मीले १३ दिन सम्म पार्टीको झण्डा आधा झुकाउँने निर्णय गरेको छ । दुखको यस घडिमा अम्मर आत्माको चिर शान्तिको कामना गर्दै परिवारजन प्रति नेकपा एमाले गुल्मीले गहिरो समवेदना प्रर्कट गरेको छ ।
गुल्मी जिल्लाको दिगाम गाविसको वडा नं. ४ मा वि.सं. २०१५ साल साउन १ गते जन्मिनु भएका पोखरेल नेकपा एमालेमा लामो समयदेखि सक्रिय नेतृत्व दायि भुमिकामा रहदै आउँनु भएको थियो । वि.सं. २०३० सालमा तत्कालिन कम्यूनिष्ट पार्टिको सदस्यता लिनुभएका पोखरेल २०३६ साल र २०३७ तत्कालिन मालेको कार्यकर्ताबाट भुमिगत राजनिती गर्नु भएको थियो । बिभिन्न समयमा देसमा चलेका पर्वितनशिल अन्दोलमा उहाँ सधै अग्रपंतिमा रहेर नेतृत्व गर्दै आउँनु भएको थियो ।
वि.सं. २०५३ सालमा नेकपा एमाले गुल्मीको उपसचिव बन्नु भएका पोखरेल २०५४ सालको स्थनिय निर्वाचनमा जिविस गुल्मीको सभापतिमा निर्वाचित भई २०५९ साल सम्म ५ वर्ष सम्म सभापतिभई काम गर्नु भएको थियो । जिल्ला बिकास समिती गुल्मीको सभापतिमा निर्वाचित भएलगत्तै उहाँले गुल्मी जिल्लाका बिभिन्न विकास निर्माणका काममा महत्वपूर्ण भुमिका निर्वाह गर्नु भएको थियो ।
जिल्लाको विकास निर्माणका सबैखाले काममा साथ दिएता पनि उहाँ बिशेष गरेर खानेपानी र मोटरवाटो निर्माण वढी ध्यान दिनुभएको थियो । उहाँलाई गुल्मी जिल्ला वासीले बिकास प्रेमी नेताको रुपमा चिन्ने गर्दथे । नेकपा एमालेको आठौं महाधिवेसन पछी अञ्चल सदस्यमा रहनु भएका पोखरेल हाल गुल्मी जिल्लामा नयाँ कृषि अभियान गुल्मीको अध्यक्ष समेत रहनु भएको थियो ।
कृषकलाई व्यवसायिकि करण गर्न भन्दै नयाँ कृषि अभियान सुरु गरिएको थियो । लामो समय देखि नेकपा एमाले राजनितीमा लाग्नु भएका पोखरेल गुल्मी जिल्ला र अर्घाखाँची जिल्लाको कमिटीमा रहेर पार्टी काम गर्नु भएको थियो । पोखरेलका श्रीमती सगै दुई छोरा र एक छोरी रहेका छन् ।
© 2026 All Right Reserved to Sajhanetwork.com | Site By : SobizTrend