साझा नेटवर्क
गणेश प्रसाद वञ्जाडे,दोहा बैसाख २९ ।
कतार भलिबल एसोसिएशनद्वारा आयोजित कम्युनिटी लिग प्रतियोगिता–२०१६ आजदेखि यहाँ सुरु हुँदै छ । ‘भलिबल च्यालेन्ज कप– २०१६’को जानकारी गराउँदै एसोसिएशनका कतार भलिबलका टेक्निकल डाइरेक्टर अलि हुसेनले खेल तालिका सार्वजनिक गरेका छन् ।

साँझ ६ बजेदेखि शुरु हुने पहिलो चरनणको खेलमा फिलिपिन्स र श्रीलंका, भारत र नेपालबीच खेल हुने तालिका सार्वजनिक गरिएको छ । अलिविन हमद अलि अतिया अलसाद रंगशालामा खेल हुने छ ।
त्यसै गरी भोली भारत र श्रीलंका, नेपाल र फिलिपिन्सबीच बेलुकी साढे ७ बजे खेले हुने भएको छ । उक्त खेल कतार भलिबल एसोसिएशनको हलमा हुने छ । अन्तिम खेल तेस्रो र चौथो साँझ ६ बजेदेखि अलिविन हमद अल अतिया अलसाद रंगशालामा हुने जानकारी टेक्निकल डाइरेक्टर अलि हुुेनले पत्रकार सम्मेलनमा जानकारी गराए ।
पत्रकार सम्मेलनमा भारत, श्रीलंका, फिलिपिन्स र नेपालका कम्युनिटी संयोजकहरुको सहभागी थियो । सागर नेपाल, बृद्ध गुरूङ सहित विभिन्न देशका मिडियाकर्मीहरुको सम्मेलनमा उपस्थिति थियो ।
नेपालबाट भलिबलका राष्ट्रिय खेलाडीहरु मे ९ तारिख दोहा आइपुवगेका छन् । नेपालबाट आएका खेलाडीहरुमा सञ्जय अर्याल, कुल जथापा, यम रानामगर, मञ्जु गुरुङ्ग सहितको टिम यहाँ आइपुगेको छ ।
© 2026 All Right Reserved to Sajhanetwork.com | Site By : SobizTrend