logo
  • शनिबार, साउन ३० २०८३

तिन हजार रियलको पुरस्कार राशी लालीगुराँसलाई


  • साझा नेटवर्क
  • शनिबार, साउन ३० २०८३

दिल कुमार श्रेष्ठ, दोहा ।
कतारमा भएको “विन्टर स्पोर्टस च्याम्पियनशिप अन्तर्गत फूटबल तर्फको नेपाली क्लब लालीगुराँसले ३००० रियल जितेको छ । लालीगुराँस क्लब नेपाली कम्युनिटी एनआरएन एनसिसिको तर्फबाट प्रतिनिधित्व गरेको गरेको थियो ।
लगातार एक महिनाको यात्रा तय गर्दै नेपाली खेलाडीहरुले आफ्नो खेल कौसल देखाउदै सो पुरस्कारको राशी जितेको थियो । च्याम्पियनसिपमा एनआरएन कतारको समन्वयमा नेपाली कम्युनिटीको तर्फबाट ५, फूटबल टिम, ५ भलिबल टिम, र एक क्रिकेट टिमले भाग लिएका थिए ।
विभिन्न देशका सस्थागत श्रमिकहरु सम्मिलित गर्दै आयोजना गरिएको यस प्रतियोगिता बर्बा ओर्गनाईजेसन आयोजना गरेको हो । अलखोर स्थित “बर्बा ओर्कर्स रिक्रियशन कम्प्लेक्स” को खेल मैदानमा चलिरहेको खेल नकआउट सिस्टममा खेलाइएको थियो ।

पुरस्कार वितरण समारोहमा वर्वा रिक्रियसनको जनरल म्यानेजर, एमओआईका फैजल अल हुडावाई, साथमा एनआरएन एनसीसी कतारका अध्यक्ष विनेश तामांगको उपस्थिति रहेको थियो ।

प्रतिक्रिया दिनुहोस
ताजा अपडेट
धेरै पढिएका
सम्बन्धित समाचार

© 2026 All Right Reserved to Sajhanetwork.com  | Site By : SobizTrend