logo
  • शनिबार, साउन ३० २०८३

जोशीको एल्बम सार्वजनिक गर्दै प्रचण्डले भने “म पनि संगीतको पारखी हुँ”


  • साझा नेटवर्क
  • शनिबार, साउन ३० २०८३

काठमाडौँ, पुष २० ।
प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले आँफु पनि संगीतको पारखी भएको बताएका छन् । गीतकार श्रवणकुमार जोशीको एकल शब्द रहेको एल्बम ‘श्रावणी’ बिमोचन गर्दै प्रचण्डले भने आँफुले सबैभन्दा बढी गीत संगीत पढ्ने समयको सुनेको बताए ।
गीतकार जोशी ब्यबसायीका अलवा राम्रा गीतकार भएको समेत तर्क गरे । सङीतकार सुनिल मास्केको एकल सङीत तथा शिव परियार र मीलन अमात्य को संयुक्त स्वर रहेको एल्बम “श्रावणी”को बिमोचन गरिएको छ​।
एल्बममा चार वटा गीतहरु समावेस गरिएको छ । जसको सबै गीतमा संगीत संयोजन प्रदीप श्रेष्ठले गरेका छन । गीतकार जोशीले एल्बमको शीर्ष गीतको भिडियो छिट्टै नै सार्वजनिक गर्ने तयारीमा रहेको बताए । जसको बजार ब्यवस्थापन भाईब्स क्रियसनले गरेको छ ।

प्रतिक्रिया दिनुहोस
ताजा अपडेट
धेरै पढिएका
सम्बन्धित समाचार

© 2026 All Right Reserved to Sajhanetwork.com  | Site By : SobizTrend