साझा नेटवर्क
घनश्याम पराजुली , दोहा ।
मितेरी साँस्कृतिक समुहले कतारमा मितेरी साँस्कृतिक धमाका २०१६ भव्यताका साथ सम्पन्न गरेको छ । कला र सँस्कृतीको उत्थान गरौ , नेपाल र नेपालीको पहिचान गराऔ भन्ने मुल नाराका साथ सन् २००७ मा कतारमा स्थापना भएको यस संस्थाको पाचौ पस्तुती हो ।
गत २७ मेई २०१६ शुक्रबारका दिन ईष्टवेष्ट पार्क (ग्राण्ड मल सनैया )नजिकै रहेको एसियाना टाउन क्रिकेट मैदानको हलमा सम्पन्न कार्यक्रमलाई संस्थाका अध्यक्ष रितकुमार श्रेष्ठको सभापतित्व रहेको थियो । कार्यक्रमको प्रमुख अतिथीमा गैर आवासीय नेपाली संघका मध्यपुर्व उपसंयोजक उमेश अधिकारी रहेका थिए ।

राष्ट्रिय गान र व्यानर अनावरणसँगै शुरु भएको कार्यक्रममा कतारमा स्थापित बैचारिक तथा सामाजिक संघसंस्थाका प्रमुख तथा प्रतिनिधी साथै संगीतप्रेमी दर्शकहरुको उल्लेख्य उपस्थिती रहेको थियो । कार्यक्रममा नेपाल र कतारमा कार्यरत ख्याती प्राप्त कलाकारहरुको बेजोड प्रस्तुती रहने थियो । कार्यक्रममा सार्वधिक चर्चित गायक रामचन्द्र काफ्लेले ‘फेवा तालमा साईली डुङ्गा सरर’ बोलको गीतबाट आफ्नो प्रस्तुती शुरु गरेका थिए ।
उनले ‘आयो है गोरखाली’ , ‘छड्के नजर लगाउने नानीले’ र ‘लाठी चार्ज नगर ’ जस्ता थुप्रै चर्चित गीतले उपस्थित दर्शकहरुलाई मनोरन्जन प्रदान गरे । कार्यक्रममा मेरी बास्यैकी चर्चित हास्यँ कलाकार निरु खड्काले दर्शकहरुलाई हसाउन सफल भईन् । लोकदोहोरी क्षेत्रमा आफ्नो राम्रै नाम स्थापित गर्न सफल लोकदोहोरी गायक प्रकाश सपुतले आफ्नो कार्यक्रम संचालन गर्न भ्याए ।
कार्यक्रममा कतारमा रहेका थुप्रै कलाकारहरुको सांगीतिक प्रस्तुती रहेको थियो । सुदिप तिमिल्सीनाले कलाकार संयोजन गरेका थिए भने कार्यक्रमको व्यवस्थापनमा उत्तम गुरुङ्ग र सुमन भारती रहेका थिए । कार्यक्रममा संस्थालाई सहयोग गर्ने व्यक्तीहरुलाई दोसल्ला ओढाएर सम्मान गरिएको थियो ।
मितेरी साँस्कृतिक समुहले सन् २०१०मा प्रदेशको जिन्दगी नाम ठुलो पर्दाको चलचित्र दोहा र नेपालमा प्रदर्शन गरिसकेको छ । त्यस्तै सन् २०१२ मा मितेरी रमाईलो साझँ र २०१३/२०१४ डान्सिङ्ग राईजिङ्ग स्टार लगायतका विभिन्न साँस्कृतीक कार्यक्रमहरु गरिसकेको छ । त्यस्तै अघिल्लो बर्ष मितेरी साँस्कृतिक धमाका २०१५ भव्यताका साथ सम्पन्न गरेको थियो ।
© 2026 All Right Reserved to Sajhanetwork.com | Site By : SobizTrend