logo
  • शनिबार, साउन ३० २०८३

लोकप्रिय बन्दै मालश्री रेकडिङ्ग स्टुडियो


  • साझा नेटवर्क
  • शनिबार, साउन ३० २०८३

काठमाडौँ, पुष १५।
पछिल्लो समय गीत संगितको क्षेत्रमा निकै चर्चित मानिएको मालश्री रेकडिङ स्टुडियो दिनानुदिन लोकप्रिय र सबैको रोजाइमा पर्न थालेको छ । विगत लामो समय देखि कला क्षेत्रमा सक्रिय मालश्री स्टुडीयो पछिल्लो समय बाघबजारमा सरुवा भएदेखि आफ्नो क्षेत्र सँगै र कामको गुणस्तरमा पनि निकै सुधार गरेको छ ।
सबैलाई सिसिटिभि क्यामेराले निगरानी गरीने फराकिलो ठाउ भएको सो स्टुडियोको सबै भन्दा राम्रो पक्ष भनेका सहि व्यवस्थापन रहेको जानकारहरु बताउछन । गीत विशेष गरि लोदोहोरीको अत्यधिक काम हुने सो स्टुडियोमा समयको निकै चाप हुन्छ तर पनि कुशल व्यवस्थाक शम्भु कुवँरको कारणले स्टुडियोले राम्रो समयको व्यवस्थापन गरीरहेको छ । गीत रेकर्ड तथा बाद्ययबादनको लागी छुट्टा–छुट्टै स्टुडियो भएको कारणले पनि दैनिक दश भन्दा बढि गीत स्टुडियोमा रेकर्ड हुन्छन ।

त्यसैले पनि पछिल्लो समय सबैको रोजाईमा यहि स्टुडियो पर्ने गरेको छ । कुशल तथा निकै अनुभव भएका संगीत संयोजक विनोद बाजुराली तथा अन्य कुशल प्राविधिक र सम्पादक भएकै कारणले पनि त्यहा बाट आउने प्रत्यक गीत गुणस्तरी हुने कलाकारहरु बताउछन । स्टुडियोमा काम गर्ने प्राय सबै मिलनशार तथा मेहनती भएको कारणले पनि स्थापन काल देखिनै स्टुडियोमा अत्यधिक चाप हुने गरेको छ ।

सबै कुरा राम्रो हुँदा हुँदै पनि पार्किङ समस्या तथा अत्यधिक चापको कारणले समयमा काम हुन नसकेको कुरा पनि कलाकाहरुको गुुनासोको विषय बनेका छन । नयाँ तथा पुराना सबै कलाकारहरुलाई सम्मान र प्रोत्साशनमा स्टुडियो लागी परेको प्रवन्ध निर्देशक शम्भु कुवँरको भनाइ छ । साथै चारवटा स्टुडियोबाट जति सक्दो छिटो र राम्रो सेवा दिनको लागी आँफुहरु लागी परीरहेको कुँवरको भनाइ छ ।

प्रतिक्रिया दिनुहोस
ताजा अपडेट
धेरै पढिएका
सम्बन्धित समाचार

© 2026 All Right Reserved to Sajhanetwork.com  | Site By : SobizTrend