logo
  • शनिबार, साउन ३० २०८३

नेपाल जापान विद्यार्थी समाजको प्रथम वार्षिक उत्सव सम्पन्न


  • साझा नेटवर्क
  • शनिबार, साउन ३० २०८३

तिलु शर्मा पौडेल, जापान जेष्ठ १८।
नेपाल जापान विद्यार्थी समाजको ‘ प्रथम वार्षिक उत्सव तथा विशेष सास्कृतिक महोत्सव २०१६ ‘ भब्यताका साथ सम्पन्न भएको छ । उदघाटन सत्रमा प्रमुख अतिथी गेहेन्द्र राज भण्डारी , एन आर एन जापानका अध्यक्ष सुदन थापा , बौद्दिक ब्यक्तीत्व जिज्ञान कुमार थापा र सस्थाका अध्यक्ष सन्तोष चोखालले रिबन काटेर कार्यक्रम सुरु गर्नु भएको थियो ।
01
टोक्योको सिनोकुबोको रोधी क्लवमा सम्पन्न वार्षिक उत्सवमा बौद्दिक क्षेत्र तथा सामाजिक क्षेत्रमा सकृय ब्यक्तीहरु जिज्ञान कुमार थापा , डा होम बहादुर रिजाल , लता शाक्य , दीपक बाबु नेपाल , डा प्रकाश शाक्य , राजन केसी , प्रविन जोशी , भुवन शंकर भट्ट , जिवक बज्राचार्य , दिनु बज्राचार्य , रुपा सिंहलाई विशेष सम्मान गरिएको थियो ।
04
कार्यक्रममा जापान सम्बंधी विविध जानकारी सहितको ‘ विद्यार्थी डायरी ‘ र ‘गोजी पात्रो ‘ कार्यक्रमका प्रमुख अतिथी कार्यवाहक राजदुत गेहेन्द्र राजभण्डारी , पत्रकार महासंघ जापानका अध्यक्ष तिलक मल्ल र सस्थाका अध्यक्ष सन्तोष चोखालले संयुक्त रूपमा विमोचन गर्नु भएको थियो । कार्य्रक्रममा बोल्दै प्रमुख अतिथी समेत रहनु भएका कार्यवाहक राजदुत गेहेन्द्र राजभण्डारीले सम्पुर्ण विद्यार्थीहरूलाई आफ्नो लक्ष्यमा हिड्न आग्रह गर्नु भयो ।
02
विद्यार्थी जिवन महत्वपुर्ण भएको भन्दै सबैले मेहेनतका साथ अध्ययन गर्न आग्रह गर्नु भयो । त्यसैगरी कार्यक्रममा जिज्ञान कुमार थापा , एन आर एन आइसिसी सदस्य कपिल देव थापा , एन आर एन जापानका अध्यक्ष सुदन थापा , सस्थाका सल्लाहाकार तथा हामिले नगरे कसले गर्ने ? अभियान जापानका संयोजक दिपक बाबु नेपाल , नेपाल पत्रकार महासंघ जापान अध्यक्ष तिलक मल्ल लगायतले शुभकामना मन्तब्य राख्नु भएको थियो ।
03
सस्थाका उपाध्यक्ष समिर देव खनालले स्वागत मन्तब्य राख्नु भएको कार्य्रक्रममा सस्थाका महासचिव चेतन पौडेलले वार्षिक प्रतिबेदन , भावी कार्ययोजना प्रस्तुत गर्नु भएको थियो । पहिलो चरणको कार्यक्रम संचारकर्मी राजन गौतमले संचालन गर्नु भएको थियो । दोस्रो चरणको कार्य्रक्रम सस्थाका सदस्य रविन शर्माले संचालन गर्नु भएको थियो । कार्यक्रममा सहयोगी संघसंस्थाहरुलाई सम्मान गरिएको थियो ।
05
कार्यक्रममा दिब्या नेपाल , रामकृष्ण बम मल्ल , सुर्य खड्का , बिनोद भण्डारी , समुन्द्रराज पौडेल , कुमार श्रेस्ठ ‘ फर्सिलाल ‘ , प्रदिप कार्की , संगीता क्षेत्री , सनम शाही , दिपेश श्रेस्ठ , केशव शर्माले आफ्नो प्रस्तुती दिनु भएको थियो । कार्यक्रममा राम बहादुर थापा उपनामबाट चिनिने जापानी नागरिकले मजाले रमाइलो तरिकाबाट नेपाली भाषामा कुरा गरेका थिए । कार्यक्रम संस्थाका अध्यक्ष सन्तोष चोखालको सभापतित्वमा सम्पन्न भयको थियो ।

प्रतिक्रिया दिनुहोस
ताजा अपडेट
धेरै पढिएका
सम्बन्धित समाचार

© 2026 All Right Reserved to Sajhanetwork.com  | Site By : SobizTrend