साझा नेटवर्क
कृष्ण बिसी, पाल्पा पुस ५ ।
आजभोलीका धेरैजसो युवाको एउटै सपना हुन्छ बिदेश जाने ,धेरै पैसा कमाउने र सुखसयलको जिन्दगी बिताउने । सुनौला सपना बोकेर हरेकजसो दिन युवाहरु बिदेशिन्छन कतिले राम्रै गर्छन त कतिले दुख पाउछन । यस्तै गितसगिंतका केही हस्ति पनि बिदेश पलायन भैसकेका थुप्रै उदाहरण छन ।
पलायन भएका कलाकारले बेलाबखतमा सागिंतीक क्षेत्रमा आप्नो निरन्तरताका लागी फाट्टफुट्ट गितहरु बजारमा ल्याउछन । अझ आजभोली गितसगिंतमा लगानी धेरै,आम्दानी थोरै हुन थालेपछि केही नाम चलेका कलाकार पनि बिदेशिएको पाईन्छ । यसरी नै कुनै दिन पैसा कमाउने सोच बनाएर बिदेश जान थालेका पाल्पाका लोकगायक प्रेम लामिछाने मगर बनाएको पासर्पोट थन्काएर लोकगित सगिंतमा लागिपरेका छन ।
२०६० सालबाट गितसगिंतमा प्रबेश गरेका लामिछानेले यस क्षेत्रमा आप्नो भविष्य नदेखेपछि मलेसिया जाने योजना बनाएका थिए । केही बर्ष अगाडीको घटना सुनाउदै लामिछानेले भने, दलालको प्रलोभनमा परेर मलेसिया जाने सोच बनाए, खासमा कुरा बुझ्दा त जम्मा तलब त १४ हजार रहेछ, अनि म नजाने भनेर पाल्पा आए, त्यति खेर सम्म कम्तिमा मैले तिनदर्जन भन्दा बढी गितमा स्वर शब्दर सगिंत भरिसकेको थिएू ।
गायक लामिछानेले यहा छदा स्टेज पनि पाए पनि काम अनुसारको दाम नभएपछि बिदेशिने सोच बनाएको बताउछन । बिदेश नजाने निर्णय गरेर उनले बरु गितसगिंतलाई निरन्तरता दिने गरि केही लगानीमा रेष्टुरेन्ट ब्यवसाय अपनाउन थाले । अहिले ब्यवसाय र गितसगिंतबाट कम्तिमा ४०,५० जति कमाउन सफल भएको उनको भनाई छ । गित सगिंतलाई निरन्तरताका लागी ब्यवसाय सहयोगी बनेको छू उनले भने ।
करिब १० बर्ष अघि रेडियो नेपालबाट स्वरपरिक्षा समेत पास गरेका लामिछानेले युवाहरुलाई स्वदेशमै केही गर्नुपर्छ भनेर प्रेरित पनि गर्छन । नेपालमा सानो काम गर्न लजाउने, बिदेश गएर जे पनि गर्न तैयार हुने, म कलाकार भएपनि मलाई स्वदेशममा जस्तो सुकै काम गर्न पनि लाज लाग्दैनू उनले खुसीको मुद्रामा हामीलाई यस्तो कुरा सुनाए । आजभोली सबैको बिकल्प बिदेश मात्रै बनेको छ,गर्न सके स्वदेशमै गर्न सकिन्छ भन्छन उनि ।
लामिछानेका हान्यौ छुराले,तिम्लाई पाए बाच्ने आशा छ,पानको चुनाले,चरी जुरेली, मैले छोएको पानी चल्दैन,नजरैको गोलीले लगाएतका गित श्रोता दर्शकमाझ प्रिय छन । ३० बर्ष पार गरिसकेका लामिछानेले बिदेश नजाने प्रण गर्दै दुख र सर्घष बिना केही नुहुने बताए । जस्ले जे गर्न सक्छ त्यसले नेपालमै बिकल्प खोज्ने हो,अरुको प्रगती देखेर होईन आफुले गर्न सक्ने कुरा गर्नुपर्छ लामिछाने भन्छन ।
© 2026 All Right Reserved to Sajhanetwork.com | Site By : SobizTrend