logo
  • शनिबार, साउन ३० २०८३

हङकङबाट चर्चा बटुल्दै नब गायिका मनिका पाण्डे लिम्बु


  • साझा नेटवर्क
  • शनिबार, साउन ३० २०८३

सुर्य चन्द काठमाडौँ ।
हङकङलाइ कर्मथलो बनाएर नेपाली साङ्गीतिक क्षेत्रमा चर्चा बटुल्दै गरेकी नब गायिका हुन मनिका पाण्डे लिम्बु, संगीत भनेको सधाना हो । गायनकला भगवान सरस्वतीको सुन्दर बरदान हो र निरन्तर संगीतको सधानाले नै हरेक गायक गायिकालाइ साङ्गीतिक क्षेत्रमा स्थापित बनाउछ जसको लागि मेहनत परिश्रम अनि लगनशीलताको आबश्यक पर्छ यसैको उदाहरण बनेकी छिन नब गायिका मनिका पाण्डे लिम्बु ।
limbuभारतको दार्जिलिंगमा जन्मेर सानै देखि गायनमा सोख राख्दै आएकी गायिका मनिका अहिले बिदेशी भुमि हङकङलाइ कर्मभुमि बनाएर आफ्नो गायन यात्रा सुरु गरेकी छीन भने मनिका बच्चा उमेर देखिनै गित गाउन लाइ खुब रुचि राख्थिन । बाबा स्वर्गीय नेत्र बहादुर पाण्डे र आमा स्वर्गीय नैना कुमारी पाण्डेको कोख बाट दार्जिलिंग को जावाहार बस्तीमा जन्मिएकी मनिका पाण्डे लिम्बु हाल हङकङमा बसेर आफ्नो दैनिक काम सँगै गीत संगीतको क्षेत्रमा पनि निरन्तर अगाडी बड्दैछिन ।

साथीभाई हरु र गीतकार तथा गायक पीएस लिम्बुको प्रेणणा बाट सांगीतिक यात्रा सुरु गरेकी गायिका मनिकाले बिद्यालय पढ्दा देखिनै विभिन्न स्टेज कार्यक्रमहरुमा गाउदै अन्य धेरै कार्यक्रमहरुमा आफ्नो गायन कला क्षमता प्रदर्शन गर्दै आफ्नो गायन यात्रा सुरु गरेकी थिईन । साथीभाई आफन्तहरुको हौसला र साथ सहयोग बाटनै गित संगीतमा आफ्नो भबिष्य खोज्दै फेरी साङ्गीतिक क्षेत्रमा पुनरागमन गरेकी छिन नब गायिका मनिका पाण्डे लिम्बु ।

गीतकार तथा गायक पीएस लिम्बुको चर्चित एलबम ईच्छा-२ मा “तिमि खुसी छौत के भो र” भन्ने गीत बाट चर्चा कमाएकी गायिका मनिकाको अब केहि समय पछि नै गीतकार तथा गायक पीएस लिम्बुको नै लेखनमा रहेको “आज कता कता तिम्रो यादहरूले सताई रहेछ” नेपाली सांगीतिक बजारमा आउन लागेको जानकारी नब गायिका मनिका पाण्डे लिम्बु दिएकी छीन ।

मिठो अनि जादुमय आवाजकी धनि मनिकाको भविष्यको लक्ष्य भनेको एक राम्रो गायिका बनेर नेपाली गीत संगीतलाइ माया गर्ने अनि नेपाली संस्कृति र संगीत लाइ जोगाई राख्ने हो । मिलनसार स्वभाबकि गायिका मनिका सबैलाई सम्मान पुर्बक आदर पनि गर्छिन अनि सधै हासेर बोल्छिन, उनि भन्छिन गित संगीत मेरो नशा नशा अनि रगतमा छ ।

त्यहि भएर नेपाली संगीत क्षेत्रमा केहि गर्छु भनेर संघर्ष गर्दै छु, संगीतलाइ सरस्वतिको प्रशाद सम्झिने गायिका मनिका पाण्डे लिम्बु आफुमा भएको कलालाइ सधै आफ्ना दर्शक श्रोताहरु माझ समर्पित गर्नमा आफुलाई भाग्यमानी ठान्छिन । मिठो स्वरको धनि गायिका मनिका पाण्डे लिम्बु नेपाली साङ्गीतिक नक्षत्रमा चम्किलो तारा बन्नेमा दुइमत छैन । त्यति मात्र होइन उनि आफ्नो कला सस्कृतिलाई आफ्नो नेपालि भाकालाई जोगाउन पनि त्यतिकै लागि परेकी छिन ।

उनि भन्छिन गित संगीत मेरो नशा नशामा छ र म नेपाली सुगम संगीतलाई थप उचाइमा पुर्याउन हरपल लागि पर्छु र सांगीतिक बजारमा छुट्टै पहिचान बनाएर स्थापित हुन्छु । आफ्नो पन, नेपाली मन, हाम्रो सस्कृति, हाम्रो भाका अनि नेपाली सुगम संगीत लाइ सधै सम्रक्षण गर्न लागि पर्ने गायिका मनिका पाण्डे लिम्बुलाइ हाम्रो तर्फ बाट पनि लाखौ लाख शुभकामना ।

प्रतिक्रिया दिनुहोस
ताजा अपडेट
धेरै पढिएका
सम्बन्धित समाचार

© 2026 All Right Reserved to Sajhanetwork.com  | Site By : SobizTrend