logo
  • शनिबार, साउन ३० २०८३

चलचित्र पशुपति यात्राको शुभमुहर्त सम्पन्न


  • साझा नेटवर्क
  • शनिबार, साउन ३० २०८३

काठमाडौँ, मङ्सिर २५।
याक इन्टरटेनमेन्ट प्रालिको प्रस्तुतिमा नब निर्देशक बिशेष पन्तको चलचित्र पशुपति यात्राको शुभमुहर्त भव्यताका साथ औपचारीक रुपमा काठमाडौँको भद्रकाली मन्दिरमा सम्पन्न भएको छ ।
pasupatiनेपाली जनताहरु जीवन चक्रमा यथार्थपरक नेपाली जीबन कहानीमा आधारित नेपाली कथानक चलचित्र पशुपति यात्रा अब छायांकन सुरु हुने भएको छ ।मानिसको जीबन मरणको यथार्थ काहानीलाइ पर्दा मार्फ़त दर्शक श्रोता माझ पुर्याउने जमर्को साथमा यो चलचित्र बनाउन लागिएको निर्देशक तथा चलचित्र लेखक बिशेष पन्तले बताए ।
pasupati2हास्य कलाकार महादेब त्रिपाठी, सूरबीर पंडित, रामचन्द्र अधिकारी सुरेन्द्र केसी ध्रुब बिस्को, राजीब धमला, नब नायिका सिम्पल खरेलको उपस्थितिमा सम्पन्न शुभमुहर्त कार्यक्रममा यस चलचित्रका लेखक तथा निर्देशक बिशेष पन्तले चलचित्रको बारेमा प्रस्ट्याएका थिए र यो चलचित्र आम नेपाली दर्शकहरुको रोजाइमा पर्न सक्ने खालको बनाउने कुरामा पनि उनि बिस्वस्त पनि भएका थिए ।

चलचित्र पशुपति यात्रा फिल्मको लेखन विशेष पन्तले गरेका हुन् भने यस चलचित्रमा हास्य कलाकार सुरेन्द्र केसी, सूरबीर पंडित, राम चन्द्र अधिकारी, चर्चित जादुगर हास्य कलाकार तथा कुशल अभिनेता महादेव त्रिपाठी, रेसम फरिरी, सुरजनी केसी, संदीप सेंचुरी, प्रेणना महर्जन, लक्ष्मि श्रेष्ठ, शीतल केसी, राजेन्द्र गिरी, जीबन लामा, मोहन बिक्रम श्रेष्ठ, राजु सिंह, राहुल बराईली, सुदर्शन ढकाल, अन्जु थापा, बाल कलाकार आस्रिनि लामा, आशीष लामा र सागर गैरको चलचित्रमा अभिनय रहने भएको छ ।

त्यस्तै यस चलचित्रका निर्माता मधुर बस्नेत रहेका छन भने यस चलचित्रका छायांकन निर्माता आफै मधुर बस्नेतले नै गर्ने भएका छन् l साथै द्वन्द सम्राट बस्नेत र गीत संगीतकारहरुमा ध्रुब बिस्को,टंक बुढाथोकी,सुनीता दुलाल, मौसम गुरुंग, इंदिरा जोसी र साजन राई रहेका छन् ।

प्रतिक्रिया दिनुहोस
ताजा अपडेट
धेरै पढिएका
सम्बन्धित समाचार

© 2026 All Right Reserved to Sajhanetwork.com  | Site By : SobizTrend