logo
  • शनिबार, साउन ३० २०८३

नवौं संस्करण नेफ्टा फिल्म अवार्ड दुबईमा हुने


  • साझा नेटवर्क
  • शनिबार, साउन ३० २०८३

9-th-neftaलालबहादुर ढेंगा, दुबई ।
नेपाली चलचित्रको अवार्ड बितरण कार्यक्रम “नवौं संस्करण नेफ्टा फिल्म अवार्ड २०१६” यहि २३ डिसेम्बर २०१६ का दिन दुबईको अल नासर लिजरल्याण्डको आइस रिन्कको हलमा विविध सांगीतिक माहौलमा भव्यताका साथ सम्पन्न हुने भएको छ ।

नेपाली चलचित्र प्राविधिक संघ, स्पेक्ट्रम एड्भरटाजिङ एण्ड मेडिया कन्सुलटान्ट, कोन्सेप्ट भिजन फिल्म प्रोडक्शन एण्ड डिस्ट्रीबुशन प्रा.लि., एभरेष्ट इन्टरनेशनल कन्सुलटान्सी एण्ड एच.आर.सलुशन एलएलसी र सेवेन स्टार इवन्ट एण्ड प्रोडक्शनको संयुक्त आयोजनामा गरिने भएको हो ।

प्रवासमा पनि नेपाली भाषा, कला, संस्कृतिको संरक्षण एवं सम्वर्धन गर्नुका साथ नेपाली चलचित्रको बिकाश भएको पाईन्छ । विगत केहि बर्षदेखि युएईमा नेपाली चलचित्र प्रर्दशनसंगै छायांकन र निर्माणमा पनि बृद्धि हुदै गएका छन् । समान्य जिन्दगीमा भन्दा पर्दामा अलगै ग्याम्लर्स देखिने भएकाले खासगरी यस क्षेत्रमा छाउने नयां पुष्टाहरुको बड्दो झुकाव भेटिन्छ ।

यस कार्यक्रममा व्यवसायी तथा समाजसेवी सालिक सुवेदी र राजन अधिकारीको अहम भूमिका रहेको छ । उहांहरुको सार्थक प्रयासले फिल्मी दुनियालाई मलजल मिल्नुका साथ नयां आयाम पनि थपिने भएका छन् । नेफ्टा फिल्म अवार्ड नेपालमा ५ पटक भएता पनि कतार, हङकङ्ग र मलेसियामा गरी दुबईमा भने ९ औं संस्करणमा पर्न गएको छ ।

लगभग ४ लाख नेपालीहरुको बिचमा हुन लागेको अवार्ड कार्यक्रमले आगामी दिनहरुमा युएईस्थित नेपाली चलचित्रको बजार व्यवस्थापनमा अझै थप बिकाश हुने सम्भावना बढेको छ । कार्यक्रमलाई भव्यताका साथ सफल पार्नका लागि युएईस्थित क्रियाशिल संघ संस्था, समाजसेवी, व्यवसायी लगायत सबैजना सशंक्त रुपमा लागि परेका छन् ।

सन् २०१२ मा नेपाली चलचित्र अवार्ड कार्यक्रम दुबईमा भव्य र सव्य रुपमा सम्पन्न भएको थियो भने गत महिना सेप्टेम्बरमा पनि नेपाली म्युजिक भिडियो अवार्ड कार्यक्रम युएईको राजधानी अबुधावीमा भएका थिए । यसपालि युएईको चिसो मौसमको सुरुवात हुन थालेको अवस्थामा नेपाली चलचित्र जगतका हस्तीहरु आउने खबरले मौसम फेरी गर्म हुन थालेका छन् ।

यस्ता खालका कार्यक्रमले आम नेपालीहरको बिचमा आदानप्रदान हुनुका साथ भाईचारा र सत्भाव पनि बढाएको हुन्छ ।

प्रतिक्रिया दिनुहोस
ताजा अपडेट
धेरै पढिएका
सम्बन्धित समाचार

© 2026 All Right Reserved to Sajhanetwork.com  | Site By : SobizTrend