logo
  • शनिबार, साउन ३० २०८३

मौषमि गुरुङ कतार आउने


  • साझा नेटवर्क
  • शनिबार, साउन ३० २०८३

15135636_1312885785410527_1081183785_nकतार, मंसिर ७।
नेपाली समुदायमा आफ्नो बेग्लै पहिचान बनाउन सफल तमुगुरुङ समाज कतारले प्रत्येक बर्ष आफ्नो जाती को मौलिक पर्व तमुको महान पर्व ल्होसार ( पुष १५) विविध कार्यक्रम सहित सभ्य भब्य रुप मा कतार मा मनाउदै आएको छ ।

विगत का बर्षहरु जसरि नै यस बर्ष पनि तमुहरुको मौलिक परम्परा अनुसार स्योकै अर्थात तमुहरुकोे मौलिक खाना को परिकार को मज्जा संगै नेपाल बाट चर्चित राष्ट्रिय कलाकार को साथ मा विविध मनोरञ्जनात्मक सास्कृतिक कार्यक्रम संगै ल्होसार मनाउने पुर्व तयारी मा तमु समाज जुटेरहेको छ ।

नेपाली गित संगित क्षेत्रमा आफ्नो जादुमय आवाज ले सम्पुर्ण नेपाली को मन जित्न सफल ( म नेपाली हामी नेपाली ) वोल कि गायिका मौषमि ग’?ङ यस पटक को ल्होसार मनाउन कतार आउने भएकी छ्न । उनी संगै अहिले गुरुङ चलचित्र का पर्दा मा देखिएकी नव नायिका रिया गुरुङ पनि कतार आउने भएकी छन् ।

तमु गुरुङ समाज कतारले यस अघि कतार मा नै रहेका कलाकार हरु जो परदेश मा रहेर पनि आफ्mु भित्र रहेका कलाकारिता लाई स्टेज सम्म देखाउन बाट बन्चित थिए उनी हरुको कला को सम्मान गर्दै गैरआवासिय तारा नाम को भब्य कार्यक्रम एतिहासिक रुपमा सफल परिसकेको अवगत गराएको बताए ।

नेपाली गित संगित को सम्मान गर्दै पुन कतार मा ल्होसार संगितमय बनाउने जमर्को का साथ तयारी मा जुटिरहेको सस्था का सचिव तेज गुरुङले जानकारी दिए । उक्त कार्यक्रम मा दोहा कतारमा कार्यरत सम्पुर्ण नेपाली दाजुभाई तथा दिदीबहिनीहरुलाई उपस्थिति भइ भव्य र सव्यताका साथ सु सम्पन्न गराउन चुल्हे निम्तो दिदै ल्होसार को अग्रिम शुभकामना सहित मौषमि गुरुङ संगै नाच्न समेत अनुरोध गरेका छन् ।

प्रतिक्रिया दिनुहोस
ताजा अपडेट
धेरै पढिएका
सम्बन्धित समाचार

© 2026 All Right Reserved to Sajhanetwork.com  | Site By : SobizTrend