logo
  • शनिबार, साउन ३० २०८३

किन भयो चर्चा रुपकुमारको


  • साझा नेटवर्क
  • शनिबार, साउन ३० २०८३

साझा नेटवर्क, काठमाडौं ।
लामो समय देखि नेपाली गित संगीतमा आबद्द हुदै आएक गायक हुन् रुप कुमार राई । गित संगीत भने पछि कसलाई मन नपर्ला र त्यहि क्रममा सानै देखि गित संगीत भने पछि हरुक्कै हुने पछिल्लो समय गायनमा आफ्नो चर्चा कमाउदै आएका गायक हुन् रुप कुमार राईले आफ्नो छैटौ एल्बम रुप बजारमा ल्याएर आएका छन् ।
rup6नेपालि गित संगीतको बजारमा गायक राईले २०५९ सालमा आफ्नो पहिलो एल्बम मनको देउराली त्यस्तै गरि २०६१ सालमा दोस्रो एल्बम साक्षी २०६४ सालमा तेस्रो एल्बम सामिप्य अनि २०६८ सलामा चौथो एल्बम राम साईलि त्यस्तै २०७१ सालमा पाचौ एल्बम सार ल्याएर आइसकेका थिए भने अहिले २०७३ मा आएर आफ्नो नया एल्बम रुप ल्याएर आएका छन् ।

उनका यी एल्बम बाट सोप्निल छायाले , तिम्रो मन मा के छ , राम साईली , गुन्द्रु किनामा , आदि लगायतका एकदमै चर्चित गित रहेका छन् यस्तै गायक रुप कुमारले लोक गित विधा मार्फत पनि २०६८ सालमा हिट्स अवार्ड पनि जितेका थिए ।

आहिले आफ्नो नया गित तिम्रो नै रुपरंगको छ चर्चा जता ततै बोलको गित बजारमा चर्चित बन्दै गईरहेको छ । संग संगै जवानीको चर्चा अनि त्यहि जवानीको पर्चा संगसंगै मात लाउदै आफ्नो नया गित ल्याएर आएका गायक रुप कुमार लामो समय देखि गित संगीतमा आबद्द भएर नै यहि क्रम लाई पछ्याउदै यहि नया गित तिम्रो नै रुपरंगको छ चर्चा जता ततै बाट गित संगीतमा फड्को मार्दै छन् ।

गायक रुप कुमार राइको यो गितको म्युजिक भिडियो पनि बनेको छ । भिडियो रुप संग संगै जवानीको चर्चा अनि त्यहि जवानीको पर्चाको कथा बस्तुलाइ निर्देशक अर्जुन अधिकारीले समेट्ने कोसिस गरेका छन् । चर्चित गीतकार डा.कृष्ण हरि बारालको शब्द रचना अनि शान्तिराम राईको संगीत संयोजन संगै किरण कंडेलको यो गीतमा एरेन्ज रहेको छ ।

यसै गरि यो गितको म्युजिक भिडियोमा चर्चित मोडेल केकी अधिकारी अनि जिबन भट्टराईको प्रस्तुति रहेको छ त्यहि प्रस्तुतिलाई हरि हुमागाईले छायांकन गरेका छन् भने निशान घिमिरेको सम्पादन संगै अर्जुन अधिकारीको निर्देशन रहेको छ ।

भिडियो हेर्नुहोस ।

प्रतिक्रिया दिनुहोस
ताजा अपडेट
धेरै पढिएका
सम्बन्धित समाचार

© 2026 All Right Reserved to Sajhanetwork.com  | Site By : SobizTrend