logo
  • शनिबार, साउन ३० २०८३

कतारमा शुभ दिपावली तथा देउसीभैलो कार्यक्रम सम्पन्न (फोटो फिचर)


  • साझा नेटवर्क
  • शनिबार, साउन ३० २०८३

नबिर्सौं है नेपाली रिति, भुल्न हुन्न धर्म र संस्कृति, यो तिहारको शुभकामना !!


कुमार अविरल पन्थी, कतार ।
हिन्दु धर्मावलम्बीहरुको दोश्रो महान चाड शुभ दिपावलीको पावन अवसरमा गुल्मी सेवा समाज कतारले हरेक वर्ष मनाउदै आएको देउसी भैलो कार्यक्रम यस वर्ष पनि शुक्रवारका दिन नज्मा स्थित अल नक्यान रेस्टुरेन्टको सभाहलमा भव्यताका साथ सम्पन्न गरेको छ । सस्थाका अध्यक्ष बुद्ध पाण्डेको सभापतित्व रहेको उक्त कार्यक्रममा गैर आवासीय नेपाली संघ अन्तराष्ट्रिय समन्वय परिषदका गल्फ सहसंयोजक उमेश अधिकारी प्रमुख अतिथि रहनु भएको थियो ।
img_0021
गैर आवासीय नेपाली संघ अन्तराष्ट्रिय समन्वय परिषदका सदस्य हँसराज ढकाल क्षत्री, गैर आवासीय नेपाली संघ राष्ट्रिय समन्वय परिषद कतारका का.वा. महासचिव तेज कटुवाल, नेपाल प्रवासी आदिवासी जनजाती महासंघ कतारका महासचिव पुर्षोतम सुनुवार, नेपाली जनसम्पर्क समिति कतारका महामन्त्री मो.अजिज अलि, कतार नेपाली एकता समाजका सदस्य कमल आचार्य, नेपाल मगर संघ साखा कतारका अध्यक्ष महेन्द्र थापा मगर, नेपाल पत्रकार महासंघ कतार साखाका अध्यक्ष गणेश प्रसाद बन्जाडे, नेपाली महिला समाज कतारका का.वा. अध्यक्ष अमिना खान, गुल्मी सेवा समाज कतारका संरक्षक द्रोण बहादुर बस्नेत, प्रमुख सल्लाहकार शिव खड्का लगायत बिशेष अतिथि रहनु भएको थियो ।

तेस्तै कर्यक्रममा अर्घाखाँची सेवा समाजका सह कोषाध्यक्ष बिष्णु ब. कुँवर, बाग्लुंग सेवा समाजका का.वा. अध्यक्ष सागर पौडेल, खस क्षेत्री सेवा समाज कतारका अध्यक्ष रेशम बस्नेत, पाँचथर सेवा समाज कतारका उपाध्यक्ष खडानन्द बास्कोटा, मोरङ्ग सुनसरी सेवा समाज कतारका सह-कोषध्यक्ष भिम बराइली, ओखलढुंगा सेवा समाजका संरक्षक बाल कृष्ण भित्रिकोटी,कास्की आदर्श सेवा समाजका अध्यक्ष मन प्रसाद राना, दाङ देउखुरी सेवा समाजका उपाध्यक्ष बसन्त राज पुरी, प्युठान सेवा समाजका बरिष्ठ उपाध्यक्ष वलदेव राना, गोरखा सेवा समाजका अध्यक्ष सुदर्शन भट्ट, इलम सेवा समाजका उपाध्यक्ष रेनुका कार्की, रामेछाप सम्पर्क समितिका कोषाध्यक्ष उद्धब मगर, काभ्रे सम्पर्क समिति कतारका अध्यक्ष नन्द प्रसाद ढुंगाना, समाज सेवा अभियान रुपन्देहीक अध्यक्ष डिल्लीराम भट्टराई, पर्वत सेवा समाजका अध्यक्ष दिपेन्द्रजंग लामिछाने, बाके प्रवासी सेवा समाजका महासचिव श्याम डिसी, सुदुरपश्चिम सेवा समाजका उपाध्यक्ष लिला अधिकारी त्यसैगरी युवा समाज सेवी अबु बकर अलि, समाज सेवी तथा व्यावसायी देव गौतम समाज सेवी बिमल सुबेदी, क्रान्ति सिंह, समाज सेवी तथा व्यवसायी मो. मुक्तादा मुसलमान, राजधानी अन्तर्राष्ट्रिय साप्ताहिकका पत्रकार दिल कुमार श्रेष्ठ, साझा नेटवर्क डटकमका पत्रकार टेकराज थापा लगायत बिभिन्न संघ सस्थाका प्रतिनिधिहरु अतिथि रहनु भएको थियो ।

कार्यक्रममा कतार बासि गुल्मेली एवम गैर गुल्मेलीहरुको उपस्थिति रहेको थियो । आफ्नो अमुल्य समय खर्चेर आउनु भएका देउसी भैलो प्रेमी नेपालीहरुले सो रेस्टुरेन्टको सभाहल खचाखच भरिएको थियो । विधिवत रुपमा उद्घाटन गरिएको कार्यक्रममा सस्थाका उपाध्यक्ष एवम कार्यक्रम संयोजक झविन्द्र आचार्यले स्वागत मन्तव्य प्रस्तुत गर्दै उपस्थित सम्पूर्णलाई स्वागत गर्नु भएको थियो । त्यसैगरी गुल्मेली कलाकारहरु बिष्णु खत्री, सुसान्त के.सी सुरज बिसी लगायतले स्वागत गित प्रस्तुत गर्नु भएको थियो।

कार्यक्रमको मुख्य आकर्षण रहेको देउसी भैलो कार्यक्रममा कार्यक्रम सह-संयोजक मित्र वि.एस., गुल्मेली कलाकारहरु  सुसान्त, केसी, बिष्णु खत्री, धन पुन, बिरवल गुरुङ, विजय बस्नेत, लक्ष्मी गिरी, बिरु के.सी. सुरज बिसी लगायतका कलाकारहरुले प्रस्तुत गरेका थिए । साथै उक्त देउसी भैलो कार्यक्रमलाइ गैर गुल्मेली कलाकारहरुले साथ दिदै नाचगान गरि रमाइलो गरेका थिए । सोही अवसरमा गुल्मी जिल्ला लगायत पश्चिमी छिमेकी जिल्लाहरुमा नाचिने मारुनी तथा सोरठी नाच समेत प्रस्तुत गरिएको थियो ।

कार्यक्रममा नेपाल मगर संघ शाखा कतारका कलाकारहरुले मगर समुदायमा नाचिने मारुनी नाच प्रस्तुत गरेर उपस्थित सबैलाई मनोरञ्जन प्रदान गरे । सुदुर पश्चिम सेवा समाजका कलाकार गंगा दत्त गिरी,लोकेस बिसी,रिमा लामा लगायतका कलाकारहरुले नेपालको सुदुरपश्चिमि सस्कृति देउडा गित प्रस्तुत गरेका थिए । तेस्तै गायक बिरु केसी, लोकनाथ बिसी, सुसान्त के.सी,ले गित प्रस्तुत गरे । रिमा लामा, धन पुन, विजय बस्नेत, लक्ष्मी गिरी लगायतका कलाकारले नृत्य प्रस्तुत गरेका थिए ।

कार्यक्रमका प्रमुख अतिथि उमेश अधिकारी, शुदर्शन भट्ट, मो.अजिज अलि, अमिना खान, लिला अधिकारी लगायतले शुभकामना मन्तव्य राख्नु भएको थियो । आफ्नो शुभकामना मन्तव्य संगै सस्थाका अध्यक्ष तथा कार्यक्रमका सभापति बुद्ध पाण्डेले बोल्दै कार्यक्रम सभ्य एवम भव्यताका साथ सम्पन्न गर्न सहयोग गर्नु हुने सम्पूर्णलाई धन्यवाद दिनु भएको थियो ।

आगामी दिनमा सस्थाले आयोजाना गर्ने कार्यक्रमलाई अझ शशक्त मर्यादित र सभ्य किसिमले आयोजना गर्ने प्रतिबद्दता व्यक्त गर्दै कार्यक्रमकको समापन गर्नु भएको थियो । कार्यक्रम संस्थाका उपाध्यक्ष कुमार “अविरल”, तथा सास्कृतिक कार्यक्रम दिपेन्द्र सुनार र महिला संयोजक बिष्णु खत्रीले संचालन गर्नु भएको थियो ।

हेरौ सोहि कार्यक्रमका केहि झलकहरु ।img_0002

img_0007

img_0010

img_0021

img_0024

img_0025

img_0026

img_0027

img_0030

img_0031

img_0032

img_0037

img_0056

img_0076

img_0089

img_0092

img_0094

img_0104

img_0628

img_0636

img_0102

img_0222

img_0291

img_0334img_0080

img_0357

img_0369

img_0378

img_0388

img_0488

प्रतिक्रिया दिनुहोस
ताजा अपडेट
धेरै पढिएका
सम्बन्धित समाचार

© 2026 All Right Reserved to Sajhanetwork.com  | Site By : SobizTrend