logo
  • शनिबार, साउन ३० २०८३

गायक राज कुमारको “तिमिलाई भनि” सार्वजनिक


  • साझा नेटवर्क
  • शनिबार, साउन ३० २०८३

साझा नेटवर्क, काठमाडौं ।
नेपालि सांगीतिक दुनियामा गित संगीतका लागि आफ्नो सांगीतिक जीवनमा फड्को मार्ने धेरै नै व्यक्ति हरु हुन्छन । यहि क्रममा नवलपरासी बाटै लामो समय देखि सांगीतिक जिवनमा लागेका गायक हुन् राज कुमार श्रेष्ठ ।
bababhajuh
गित संगीत भने पछि हुरुक्कै हुने श्रेष्ठले आफ्नो लामो प्रयास पछि आफ्नै एल्बम जिन्दगीको मोडमा बजारमा ल्याएर आएका छन् बजारमा आएको उनको एल्बमले निकै नै चर्चा पाएको छ । सोहि एल्बमा “तिमीलाई भनि आए मा धेरै ठाउ धाए मा त ” समाबेश गितले नि निकै चर्चा बटुली रहेको छ सोहि एल्बमको गित बाट गायक श्रेष्ठले नि चर्चा कमाई रहेक्का छन् र उक्त गीतको म्युजिक भिडियो पनि तयार भएको छ ।

यो गीतमा अवाज राज कुमार श्रेष्ठको रहेको छ भने पुस्पा गौतम पौडेल को शब्द तथा नरहरी प्रेमीको संगीत रहेमो छ गितमा देवेन्द्र नेवाको एरेन्ज रहेको छ । गायक राज कुमार गायक मात्रै नभई आफु मोडेल पनि रहेका छन् उनले आफ्नो एउटा गितमा आफै पनि मोडलिङ्ग गरेका छ ।

राज कुमारको “तिमीलाई भनि आए मा धेरै ठाउ धाए मा त ” यो गीतमा एउटा सुन्दरीलाई युबकले मन पराए पछि धेरै ठाउमा खोजि हिडेको कुरा गित बाटै मोडेलले व्यक गरेका छन् यो गीतको म्युजिक भिडियोमा एस राज अनि रुक्सनाको दमदार अभिनय रहेको छ ।

यस गीतको म्युजिक भिडियोमा राजिव समरको कोरियोग्राफी संगै अमृत सुनुवारको छायांकन रहेको छ भिडियोलाई निशान घिमिरेले सम्पादन गरेका छन् भने निकेश खड्काको निर्देशन रहेको छ ।


भिडियो हेर्नुहोस ।

प्रतिक्रिया दिनुहोस
ताजा अपडेट
धेरै पढिएका
सम्बन्धित समाचार

© 2026 All Right Reserved to Sajhanetwork.com  | Site By : SobizTrend