logo
  • शनिबार, साउन ३० २०८३

शुभ-दीपावली तथा देउसीभैलो कार्यक्रमको तयारी अन्तिम चरणमा


  • साझा नेटवर्क
  • शनिबार, साउन ३० २०८३

logo-gws-2-300x285कुमार “अविरल” पन्थी, कतार ।
“गुल्मी सेवा समाज कतारको प्रतिबद्धता, निस्वार्थ समाज सेवा आजको आवस्यकता” भन्ने मूल नाराका साथ कतारमा सक्रिय रहदै समाज सेवामा निरन्तर लागिरहेको गुल्मी सेवा समाज कतारले हिन्दु धर्मावलम्विहरुको दोश्रो महान पर्व शुभ दीपावलीको अवसर पारेर आयोजना गरेको शुभ-दीपावली तथा देउसीभैलो कार्यक्रम-२०१६का लागि तयारी अन्तिम चरणमा पुगेको जनाएको छ ।

समाजले शुभ दीपावलीको अवसर पारेर हरेक वर्ष शुभ-दीपावली तथा देउसीभैलो कार्यक्रम आयोजना गर्दै आइरहेको छ । प्रवासमा रहेका नेपालीहरुलाई स्वदेश मै रहेको झल्को मेटाउने कार्यक्रमको लक्ष्य रहेको समाजका उपाध्यक्ष एवम कार्यक्रम संयोजक झविन्द्र आचार्यले जानकारी दिए ।

कार्यक्रमको विशेष आकर्षण रहेको देउसीभैलो, मारुनी नाच, सोरठी नाच लगायतक प्रस्तुतिहरु रहेका छन । उक्त देउसीभैलो कार्यक्रमा कुनै पनि कमि हुन नदिई उपस्थित सम्पूर्ण दर्शक महानुभावहरुलाई स्वदेशमा रहेको झल्को मेटाउने प्रस्तुतीहरु प्रस्तुत गरी मनोरञ्जन प्रदान गर्नेमा ढुक्क रहेको समाजका सास्कृतिक संयोजक सुरज विसी तथा कोषाध्यक्ष एवम कार्यक्रम सह-संयोजक मित्र वि.एस. बताउछन ।

प्रवासमा रहेका गुल्मेली तथा गैर गुल्मेली कलाकारहरुको साथमा कार्यक्रममा देउसीभैलो, मारुनी नाच, सोरठी नाच, गुल्मी जिल्ला लगायत पश्चिमी छिमेकी जिल्लाहरुमा नाचिने विभिन्न नाचहरु, सुदुरपश्चिमको सास्कृतिक झल्किने नाच तथा मगर समुदायमा नाचिने मारुनी नाच समेत प्रस्तुत गरिने बताइएको छ ।

समाजले कतारमा रहेका गुल्मेली तथा गैर गुल्मेली बुवा-आमा, दाजु-भाइ तथा दिदी-बहिनीहरुलाई कार्यक्रममा उपस्थितिका लागि निमन्त्रणा समेत गरेको छ । प्रवेश नि:शुल्क रहेको उक्त कार्यक्रम २८ अक्टोवर २०१६ शुक्रबारका दिन कतारको नज्मा स्थित अल नक्यान रेस्टुरेन्टको सभाहलमा मध्यान्ह १२:३० बजेबाट सुरु हुने आयोजकले साझा नेटवर्कलाई जानकारी दिएको छ ।

प्रतिक्रिया दिनुहोस
ताजा अपडेट
धेरै पढिएका
सम्बन्धित समाचार

© 2026 All Right Reserved to Sajhanetwork.com  | Site By : SobizTrend