साझा नेटवर्क
दिलीप पराजुली, कतार ७ ।
नेपालीहरुको महानपर्व विजया दशमी, दिपावली, छठ र नेपाल संवतको अवसर पारेर गैरअवासीय नेपाली संघ, राष्ट्रिय समन्वय परिषद कतारको समन्वयमा संयुक्त रुपमा कतारमा स्थापित बिभिन्न जिल्ला संघ–संस्थाहरु तथा राजनीतिक दलका प्रवास शाखाहरुको सहभागितामा गत शुक्रबार २१ अक्टुबर २०१६ का दिन गल्फ प्याराडाइज होटेलमा भब्य रुपमा समपन्न भएको छ ।
यति धेरै संघ सस्थाहरु यौटै ब्यानरमा कार्यक्रम गरेको सम्भबत यो पहिलो पटक हो । राष्ट्रिय गान, ब्यानर अनावरण, दीप प्रज्वलन संगै शुरु गरिएको कार्यक्रममा गैरअवासीय नेपाली संघ, राष्ट्रिय समन्वय परिषद कतारका अध्यक्ष बिनेश तामांगको सभापतित्वमा संचालित उक्त कार्यक्रममा नेपाली राजदुतावास कतारका कार्यबाहक राजदुत मडीरत्न शर्माको प्रमुख आतिथ्यता रहेको थियो भने आइसिसि सदस्यहरु, गैरअवासीय नेपाली संघ, राष्ट्रिय समन्वय परिषद कतारका सललाहकार, पुर्व पदाधिकारी तथा संघ सस्थाका प्रमुखहरुको आतिथ्यता रहेको थियो ।
उक्त कार्यक्रम गैरअवासीय नेपाली संघ, राष्ट्रिय समन्वय परिषद कतार का.बा. महासचिब तेज कटुवालले संचालन गरेका थिए । कार्यक्रममा गैरअवासीय नेपाली संघ, राष्ट्रिय समन्वय परिषद कतारका प्रथम उपाध्यक्ष नबिन पोख्रेलले सहभागीहरुलाई स्वागत मन्तब्य राख्दै भने कतारको परिप्रेक्ष्यमा यति धेरै सस्थाहरु यौटै थलोमा कार्यक्रम गर्नु भनेको राम्रो एकताको सन्देशको थालनी भएको बताए । कार्यक्रम भरि बसेर कार्यक्रमको शोभा बढाईदिन समेत आग्रह गरेका थिए ।
कार्यक्रमको शुरुवातमा रेशम बस्नेत र साथीहरुले हातमा हात समाउदै देउसी र भैलोमा रमाउदै भन्ने मिठो भाका प्रस्तुत गरेका थिए । उनका गीतका बाक्य बाक्यमा समाज परिबर्तन र सामाजिक एकताको भाब झल्किन्थो । कार्यक्रममा प्रमोद श्रेष्ठले नेपाल सम्बतका बारेमा प्रस्ट पारेका थिए । कार्यक्रम संचालकले छोटो समयका लागि भनेर विभिन्न सस्थाका प्रमुखलाई शुभकामना मन्तब्य राख्न भनिएता पनि राजनीतिक, धार्मिक र जातीय मुद्दा उठाएर सहभागीलाई बेचैन बनाएका थिए भने एकले अर्कालाई आरोप प्रतारोप गर्न समेत कन्जुस्याइँ गरेनन ।
उक्त कार्यक्रममा कतार सरकारका केहि महत्वपूर्ण व्यक्तिहरुको पनि उपस्थिति रहेको थियो । फईसल अल हुदवि पि.आर. म्यनेजर, मिनिस्ट्रिअफ ईन्टेरियर कतार, खालिद अल जुमेली कम्युनिटि ईन्गेजमेन म्यानेजर सुप्रिम कमिटी अफ डेलिभरी लिगेसी, अव्दुल्ला अल नामा म्यानेजर अलअरवि स्पोर्टस क्लब, हुदा अब्दलरहिम एसोसिएट स्पेसलिस्ट वेल करनेल मेडिकल कलेज तथा डा. समीर मुपन सि.ई.ओ. एस्टर डिएम हेल्थकियर को पनि उपस्थिति रहेको थियो ।
नेपालीहरुका लागि एस्टर हस्पिटलमा उपचार गर्दा बीस प्रतिसत छुट दिने भनि डा. समीर मुपन सि.ई.ओ. एस्टर डिएम हेल्थकियर र गैरअवासीय नेपाली संघ, राष्ट्रिय समन्वय परिषद कतारका अध्यक्ष बिनेश तामांगले हस्ताक्षर समेत गरेका छन् । कार्यक्रममा नेपालको एतिहासिक तथा धार्मिक सहिष्णुता झल्किने डकुमेन्ट्री समेत देखाएको थियो । बीच बीचमा कलाकारहरुको टोलीले रमाइलो प्रस्तुति दिइरहेका थिए । कलाकार लोचन बि.सी. र रिमा लामाले सबैलाई नचाएका थिए भने दशैँ आयो भन्ने भाकामा संचोमाया तामांग र सबिना तामांगले आफ्नु प्रस्तुति दिएका थिए ।
कार्यक्रमका प्रमुख अतिथी का.बा. राजदुत मडीरत्न शर्माले यस खालको कार्यक्रमले सामाजिक एकता, मेलमिलाप् र जिम्मेवारी बढेको अनुभब बताए । यस्तो कार्यक्रमका लागि नेपाली राजदूतावास कतारले सधै समन्वय गर्ने्रगाढ बनाउन सहयोग पुर्याउने आशा व्यक्त गरे । यो एतिहासिक कार्यक्रम नेपाल र नेपालीहरुको कोशेढुङ्गो भएको बताउदै कतार सरकारले दिएको आम माफीको बिषयमा सम्पूर्ण सस्थाले सहयोग गरि दुतावासले गर्ने कामहरुमा सहयोग पुर्याई नेपाल फर्काउन समेत अनुरोध गरे ।
औपचारिक कार्यक्रमको अन्त्यमा बोल्दै सभापति बिनेश तामांगले आगामी दिनहरुमा यस कार्यक्रमबाट पाएका कमीकमजोरीहरुलाई आत्मसात गर्दै संघ सस्थाहरु संग हातेमालो गरेर अघि बताए । एनआरएनए र एस्टर मेडिकल बीचमा भएको यो हस्ताक्षर दोहाका नेपालीहरुको यौटा खुशीको खबर भएको बताउदै प्रमुख अतिथि, विशेष अतिथिहरु तथा सम्पूर्ण उपस्थितिहरुलाई धन्यवाद दिदै औपचारिक कार्यक्रमको अन्त्य भएको घोषणा गरेका थिए ।
सांगीतिक कार्यक्रम मितेरी फ्लिमका अध्यक्ष रितकुमार श्रेस्ठले संचालन गरेका थिए । कलाकारहरु संचोमाया तामांग र सबिना तामांगले दर्शकहरुलाई मन्त्रमुग्ध बनाएका थिए भने गायिका कमला गुरुङले झिलि मिली साझको बेलामा भन्ने बोलको भाका गएर सबै दर्शक नचाएकी थिइन् । त्यस्तै नृत्यांगना भगवती बस्यालले सम्पूर्ण सहभागीलाई नचाउन सफल भएकी थिइन् भने कार्यक्रमको अन्तिम प्रस्तुति स्बरुप गायिका शुस्मा पुन मगरले लाहुरे दाइले झुक्यायो मलाई भन्ने भाका गाएर हल भरिका सम्पुर्णलाई नचाउन सफल भएकी थिइन् ।
© 2026 All Right Reserved to Sajhanetwork.com | Site By : SobizTrend