साझा नेटवर्क
लिस्बन,पोर्चुगल जेठ १४।
पोर्चुगलमा एक नेपालीको उपाचारका क्रममा मृत्यु भएको छ। नुवाकोट जिल्ला घर भएका ३९ बर्षिय जनकलाल श्रेष्ठको बिहिबार उपाचारका क्रममा मृत्यु भएको हो। गैर आबासीय नेपाली संघ राष्ट्रिय समन्वय परिषद पोर्चुगलले श्रेष्ठको निधन बारे पुष्टि गर्दै, दुख ब्यक्त गरेको छ।
संघका अनुसार बिगत १ बर्ष देखि पोर्चुगलको तोरेस भेर्देसमा बसोबास गर्दै आएका श्रेष्ठ कलेजो संक्रमणको रोगबाट पिडित थिए। लिस्बन स्थित करि काब्राल अस्पतालमा उपचारको क्रममा उनको असामयिक निधन भएको संघले जनाएको छ।
श्रेष्ठको निधन पछि बिबिध बिषयमा छलफल गर्न शुक्रबार बिहान ९:३० बजे संघको कार्यालयमा संघसंस्थाका प्रतिनिधिलाई उपस्थित हुन, अध्यक्ष भीम केसी कमलले अनुरोध गरेका छन्।
© 2026 All Right Reserved to Sajhanetwork.com | Site By : SobizTrend