साझा नेटवर्क
काठमाडौँ, असोज २६ ।
लामो समय देखि नेपालि मिडिया क्षेत्रमा काम गरि सकेका तथा मनोरंजनको क्षेत्रमा धेरै अनुभब बटुलिसकेका अमित शाहले बिधिबत रुपमा आफ्नो नया ब्यबसाय सिद्दि मिडिया प्रालिको कार्यालय कालिमाटी कुलेश्वरमा उद्घाटन गरेका छन् ।

पारिवारिक जमघटका साथै केहि मिडिया पर्सनालिटीका बीच बिजय दशमीको नवौ दिन अर्थात नवमीको दिन पारेर बिजय दशमीको शुभकामना आदान प्रादन सहित उनले आफ्नो कार्यालय शुभमुर्हत गरेका हुन् ।
चलचित्र, टेलिचलचित्र निर्माण देखि बिभिन्न सौन्दर्य प्रतियोगिताहरु समेत आयोजाना गरि सकेका निर्माता निर्देशक अमित शाहले नेपाली मिडिया क्षेत्रमा केहि नया आयाम थप्नको लागि नया ब्यबसाय सुरु गरेको बताउछन ।
उनि थप्छन कुनै पनि काम स्वार्थ रहित र निस्पक्ष गर्नु पर्छ, आफुले सधै राम्रो काम गर्ने र सिद्दि मिडिया प्रालिले चाडैनै नेपाली चलचित्र निर्माण गर्ने देखि लिएर टेलिचलचित्र निर्माण गर्ने, सौन्दर्य प्रतियोगिता गर्ने समेतका काम गर्ने कुरा उनि बताउछन ।
पामाकेयर नेपाल्स स्टार मोडलको आयोजक समेत रहेको सिद्दि मिडिया प्रालिले चाडै नै अन्य कार्यक्रमहरु पनि लिएर आउने कुरा यस कम्पनीका अधक्ष्य अमित शाहले बताए ।
© 2026 All Right Reserved to Sajhanetwork.com | Site By : SobizTrend