साझा नेटवर्क
काठमाडौ, २ भदौ । कालीगण्डकी गाउँपालिका, गुल्मीको सरकारी सवारी साधन लु १ झ ४६२ नम्बरको गाडी हप्तौँदेखि चालकसहित काठमाडौंमा रहेको छ।
गाउँपालिकाको सरकारी गाडी जनप्रतिनिधि तथा कर्मचारीले सरकारी प्रयोजनका लागि प्रयोग गर्ने भए पनि लामो समयसम्म गाडी राजधानीमा राखिनु र त्यसको स्पष्ट प्रयोजन सार्वजनिक नहुनुले सरकारी स्रोतको दुरुपयोग भएको हो कि भन्ने आशंका उत्पन्न भएको छ।
कालीगण्डकी गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत कृष्णप्रसाद मरासिनीका अनुसार गाउँपालिका अध्यक्ष बेद थापाले चालकसहित उक्त गाडी काठमाडौं लगेका छन्। तर गाडी के प्रयोजनका लागि, कति अवधिका लागि र कुन निर्णय वा स्वीकृतिका आधारमा काठमाडौं लगिएको हो भन्ने विषयमा स्पष्ट जानकारी दिन नसकिएको बताइएको छ।
गाडी काठमाडौं लैजानुको प्रयोजनबारे प्रश्न गर्दा प्रमुख प्रशासकीय अधिकृत मरासिनीले “अध्यक्षलाई नै सोध्नुहोस्” भन्ने जवाफ दिएको स्रोतको भनाइ छ। कार्यालयको प्रशासनिक नेतृत्वबाट सरकारी सम्पत्तिको प्रयोगबारे स्पष्ट जानकारी नआउनुले आर्थिक पारदर्शिता र प्रशासनिक जवाफदेहितामाथि प्रश्न उठाएको छ।
स्रोतका अनुसार उक्त सरकारी गाडी काठमाडौंको धापासी, बानेश्वर, शंखमूललगायत विभिन्न स्थानमा चालकसहित देखिएको दाबी छ। गाडी सरकारी कामका लागि राजधानी लगिएको भनिए पनि अध्यक्षका राजनीतिक भेटघाट तथा व्यक्तिगत काममा समेत प्रयोग भएको स्रोतको दाबी छ। नितिगत रुपमा गरिने यस्तै अवैध कार्यका कारण कालीगण्डकी चरम बेरुजु, कार्यसम्पादन न्यून, बेथिति आर्थिक अपार्दर्सिता बढी भएको पालिकाभित्र पर्ने गर्दछ ।
© 2026 All Right Reserved to Sajhanetwork.com | Site By : SobizTrend