logo
  • शनिबार, साउन ३० २०८३

गल्याङ नगर समाज युएईद्वारा स्वर्गीय न्यौपाने परिवारलाई आर्थिक सहयोग


  • साझा नेटवर्क
  • शनिबार, साउन ३० २०८३

देवेन्द्र केसी, नयाँ दिल्ली माघ १० ।
स्याङ्जा जिल्ला गल्याङ नगरपालिका वडा नं. ५ सल्याबास निवासी स्वर्गीय गोपि कृष्ण न्यौपाने लामो समयदेखि वैदेशिक रोजगारीको सिलसिलामा दुबईमा कार्यरत रहनु भएको थियो। केही दिनअघि वहाँको हृदयघातका कारण भएको अत्यन्तै दुःखद तथा असामयिक निधनले सम्पूर्ण गल्याङ नगर समाज युएई परिवारलाई गहिरो शोकमा डुबाएको छ।

स्वर्गीय गोपि कृष्ण न्यौपानेको दुःखद निधनप्रति गहिरो समवेदना व्यक्त गर्दै, शोकसन्तप्त परिवारलाई थोरै भए पनि सहयोग पुगोस् भन्ने उद्देश्यले गल्याङ नगर समाज युएईद्वारा सानो सहयोग रकम रु २५,००० (पच्चीस हजार रुपैयाँ) हिजो वहाँको नौ दिनको पुण्यतिथिका अवसरमा हस्तान्तरण गरिएको छ।  उक्त सहयोग रकम समाजसेवी तथा शिक्षक श्री टेकबहादुर छेत्रीको उपस्थितिमा स्वर्गीय गोपि कृष्ण न्यौपानेका परिवारजनलाई प्रदान गरिएको हो।

स्वर्गीय आत्माको बैकुण्ठ बासको कामना गर्दै, यस गहिरो दुःखको घडीमा शोकसन्तप्त परिवारजनलाई यो अपार पीडा सहन धैर्यता, आत्मबल तथा सहनशक्ति प्राप्त होस् भन्ने कामनासहित गल्याङ नगर समाज युएई परिवारले स्वर्गीय गोपि कृष्ण न्यौपाने प्रति हार्दिक श्रद्धाञ्जली अर्पण गर्दै भावपूर्ण समवेदना प्रकट गरेको छ।

प्रतिक्रिया दिनुहोस
ताजा अपडेट
धेरै पढिएका
सम्बन्धित समाचार

© 2026 All Right Reserved to Sajhanetwork.com  | Site By : SobizTrend