logo
  • शनिबार, साउन ३० २०८३

“गौरा विशेष” कार्यक्रममा सांगीतिक प्रस्तुति दिन देउडा गायक महेश र उमा कतारमा


  • साझा नेटवर्क
  • शनिबार, साउन ३० २०८३

दर्शन सुनार, कतार भदौ १९ ।
लोक तथा देउडा गायक महेश कुमार औजी र उमा शङ्कर जोशी कतार आई पुगेका छन् । सुदूर पश्चिमेली नेपाली समाज कतारले  आयोजना गरेको “दशौँ वार्षिकोत्सव तथा गौरा विशेष २०२५” मा सांगीतिक प्रस्तुति दिन कलाकारद्वय बिहीबार बिहान कतार आई पुगेका हुन ।

नेपालबाटआमन्त्रित अतिथि कलाकारहरूलाई भव्य रूपमा स्वागत गर्नको लागी समाजका अध्यक्ष गोरख चन्द ठकुरी,कार्यक्रम संयोजक पारूँ भट्ट लगायत अन्य पदाधिकारीहरू हमद अन्तर्राष्ट्रिय विमानस्थलमा पुगेका थिए ।

समाजका अध्यक्ष गोरख बहादुर चन्दले अतिथि कलाकार कतार आई पुगे सँगै कार्यक्रमको तयारी अन्तिम चरणमा पुगेको जानकारी दिएका छन् । आफ्नो सागीतिक प्रस्तुति दिन कतार आई पुगेका कलाकारहरूले विमानस्थलबाट गौरा पर्व विशेष कार्यक्रममा दोहावासी सम्पूर्ण नेपाली दाजुभाइ तथा दिदी बहिनीहरूलाई  उपस्थितिको लागी हार्दिक अनुरोध समेत गरेका छन ।

सनैयामा अवस्थित फूलबारी रेस्टुरेन्टको सभा हलमा शुक्रवार बिहान ११ बजे देखी कार्यक्रम सुचारु हुने कार्य तालिका रहेको छ कार्यक्रममा प्रवेश शुल्क भने कतारी रियल तीस रहेको आयोजक सङ्घले जानकारी दिएको छ ।

प्रतिक्रिया दिनुहोस
ताजा अपडेट
धेरै पढिएका
सम्बन्धित समाचार

© 2026 All Right Reserved to Sajhanetwork.com  | Site By : SobizTrend