logo
  • शनिबार, साउन ३० २०८३

कतारमा १६१औँ वाचन डबली सम्पन्न, कवि सिटौला सम्मानित


  • साझा नेटवर्क
  • शनिबार, साउन ३० २०८३

साझा नेटवर्क, कतार भदौ १ ।
अन्तर्राष्ट्रिय नेपाली साहित्य समाज कतार च्याप्टर तथा नवोदित साहित्यिक वाचनालय कतारको संयुक्त आयोजनामा अनेसास नवोदित १६१ औँ साहित्यिक रचना वाचन डबली कतारको मुन्ताजा स्थित गोर्खाली रेस्टुरेन्टको सभा हलमा विभिन्न साहित्यिक रचनाहरू वाचनका साथमा सम्पन्न भएको छ ।
कार्यक्रमको विशिष्ट श्रोताको रूपमा लामो समयदेखि अमेरिका बसोबास गर्नुहुने अनेसास केन्द्रका महासचिव साहित्यकार कवि राजु सिटौला रहेका थिए । कतारमा रहेका दुईदर्जन भन्दाबढी साहित्यकारहरूले आफ्ना रचना वचन गरेर उपस्थित सम्पूर्णलाई मनोरञ्जन गराएका थिए अपवाद बाहेक प्रत्येक महिनाको दोस्रो शुक्रवार दिउँसो १ बजेदेखि ३ बजेसम्म समयमै सुरु हुने र समयमै सकिने विशेषता बोकेको कार्यक्रमको संयोजक कवि सिताराम थापाले गरेका थिए ।
विशिष्ट श्रोताको आसन ग्रहणपछि राष्ट्रिय गान गाएर गजलकार गोविन्द उदासीको गजलबाट कार्यक्रमको दैलो उघारिएको थियो। साहित्यकार खिम पुन -गजल, खेम राज सुवेदी – कविता, लिलानाथ घिमिरे – कविता, योगी कमल पुष्कर – कविता, चन्द्र दाहाल – गजल, पवन गुरुङ – गजल, मीन सागर थापा – गजल, पाण्डव थापा  – गजल, सुजाता डि सि – गजल, सानू थपलिया – गजल, लुरी थपलिया – गजल,पूर्ण कान्छा गुरुङ – गजल, दीपक पुडासैनी – कविता, विकास भुजेल – कविता, विमल सुवेदी – कविता, चक्र कार्की – गजल, मणि पौडेल – गजल, दीपेन्द्र क्षेत्री – गजल, प्रेम प्रसाद भट्टराई – कविता, शोभाराम ओली – गजल, दिलीप पराजुली – गजल, सिताराम थापा – कविता वाचन गरेर हलमा उपस्थित सम्पूर्णलाई मन्त्र मुग्ध बनाएका थिए ।

कार्यक्रममा अनेसास कतार च्याप्टर र नवोदित साहित्यिक वाचनालय दुवै संस्थाले अनेसास केन्द्रीय महासचिव विशिष्ट श्रोता कवि राजु सिटौलालाई नेपाली साहित्य कला र संस्कृतिको क्षेत्रमा पुर्‍याउनु भएको अतुलनीय योगदानको उच्च मूल्याङ्कन गर्दै दोसल्ला ओढाएर सम्मान पत्रद्वारा सम्मान गरेका थिए ।

कार्यक्रममा बोल्दै अनेसासका पूर्व विशिष्ट श्रोता विमल सुवेदीले अनेसास केन्द्रले साँच्चै अनेसासलाई मध्यपूर्वका विभिन्न देशहरूमा फैलाउने हो भने विधान संशोधन गरी  मध्यपूर्व उपाध्यक्ष नियुक्ति गर्न सके उसको कतार जस्तै मध्यपूर्वका अन्य देशहरूमा पनि अनेसास जन्मिने र टिकिरहने बताए । अनेसास नवोदित दुवै संस्थाका सल्लाहकार प्रेम प्रसाद भट्टराईले समेत सोही बिचार राखेका थिए ।

कार्यक्रमको अन्त्यमा तर्फ विशिष्ट श्रोता अनेसास केन्द्रीय महासचिव कवि राजु सिटौलाले कार्यक्रम सव्य र भव्य सफल भएको र आफूलाई विशिष्ट श्रोताको सम्मान दिएकोमा दुवै संस्थालाई आभार व्यक्त गर्दै मध्यपूर्व उपाध्यक्षको लागि केन्द्रमा पनि कुरा चलिरहेको र अब चाडै नै टुङ्गोमा पुग्ने बताउँदै कविता वाचन गरेर कार्यक्रमको समापन गरेका थिए ।

प्रतिक्रिया दिनुहोस
ताजा अपडेट
धेरै पढिएका
सम्बन्धित समाचार

© 2026 All Right Reserved to Sajhanetwork.com  | Site By : SobizTrend