साझा नेटवर्क
काठमाडौं, ३ असार । चौथो क्वालीटी इन्टरटेनमेन्ट अवार्ड २०८१ को फाइनल कार्यक्रमका अवसरमा राष्ट्रिय लोक गायन सम्मान २०८१ मार्फत चर्चित गायक सर्जक हुम गैरे सम्मानित भएका छन् । नेपाल सरकारका पूर्व प्रधानमन्त्री डा. बाबुराम भट्टराईको प्रमुख आतिथ्यमामा चलचित्र विकास बोर्ड चाबहिलको सभाहलमा आयोजित कार्यक्रममा गायक,सर्जक गैरे सम्मनित भएका हुन् ।
दुई दशक देखी नेपाली लोक गीत सङ्गीतमा गैरेले दिएको योगदानलाई कदर गर्दे यो सम्मान प्रदान गरिएको आयोजक संस्था क्वालीटी इन्टरटेनमेन्टका अध्यक्ष उमेश गुरुङले बताए । सम्मानित हुन पाउँदा गौरव महसुस भएको छ । गीत सङ्गीतमा मैले गरेको कर्मलाई मूल्याकंन गरी यो विशेष सम्मान प्रदान गर्नु भएकोमा क्वालिटी इन्टरटेनमेन्ट संगै सम्पूर्ण आयोजक परिवार तथा जुरीलाई विशेष धन्यवाद ज्ञापन गर्दछु । यो सम्मानले गीत सङ्गीतमा अझ ऊर्जाका साथ लाग्ने प्रेरणा मिलेको कुरा गायक गैरेले बताए ।
© 2026 All Right Reserved to Sajhanetwork.com | Site By : SobizTrend