साझा नेटवर्क
सज्जन ढकाल, काठमाडौं २८ फागुन। यही चैत ५ गते हुने स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु) निर्वाचनका लागि केशव सापकोटा सरस्वती बहुमुखी क्याम्पस काठमाडौँमा स्ववियु अध्यक्षको उम्मेदवारी दिएका छन्। सापकोटा लामो समयदेखि विद्यार्थी हकहितका पक्षमा सक्रिय रहँदै आएका छन्। उनी अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी युनियन (अनेरास्ववियु) का अध्यक्ष समेत हुन्। क्याम्पसमा उनले विभिन्न विद्यार्थी आन्दोलन तथा कार्यक्रमहरूमा नेतृत्वदायी भूमिका निर्वाह गर्दै आएका छन्।
सापकोटा कालीगण्डकी ५ फोकसिङ गुल्मीका हुन् । स्ववियु निर्वाचन नजिकिँदै गर्दा विभिन्न विद्यार्थी सङ्गठनहरूले आआफ्ना उम्मेदवार तय गर्न थालेका छन्। यसैक्रममा, सापकोटाले पनि उम्मेदवारी घोषणा गरेका हुन्। उनले क्याम्पसका विद्यार्थीहरूका लागि शिक्षाको गुणस्तर सुधार, पूर्वाधार विकास र नीतिगत सुधारका विषयलाई आफ्नो प्राथमिकता बनाउने बताएका छन्। चैत ५ गते एकै दिन देशभरिका त्रिविका ६२ आङ्गिक र एक हजार ४० सम्बन्धन प्राप्त क्याम्पसमा स्ववियु निर्वाचनमा हुने छ । निर्वाचनमा २८ वर्षे उमेर हद र मिश्रित निर्वाचन प्रणालीमा व्यवस्था गरिएको छ ।
© 2026 All Right Reserved to Sajhanetwork.com | Site By : SobizTrend