साझा नेटवर्क
काठमाडौं, असोज १८।
एक दशक भन्दा लामो समय देखि सांगितीक क्षेत्रमा क्रियाशिल चर्चित युवा संगीतकार दिपक शर्माले गायन र अभिनयमा पनि डेब्यु गरेका छन् । म्याग्दीमा जन्मेका कलाकार शर्मा गीतकार पनि हुन र गितको एरेञ्ज पनि गर्ने गर्छन ।

यसै गरि पछिल्लो समय आएर आफ्नै स्वर ,शब्द अनि संगीतमा रहेको लोक पप शैलीको हे बरै …. बोलको गीत सार्वजनिक भएको हो । गितको एरेन्ज पनि आफै गरेका छन् ।हाईलाईट्स नेपालमार्फत सार्वजनिक गीतको म्युजिक भिडियोमा दिपक शर्मा आफै लाई अभिनय देख्न सकिन्छ ।
म्यूजिक भिडियोमा हास्यटेलिश्रृंङखला भद्रगोलकी कलाकार रक्षा श्रेष्ठ सँग उनले अभिनय गरेका छन् । ‘गायन र अभिनयमा डेब्यु शर्माले रोमान्टिक शैलीको यो गीतमा लोक भजन र कौराको समिश्रण पाईन्छ भन्ने कुरा व्यक्त गरेक्का छन् ।
अनिल मानन्धरले छायांकन गरेको म्युजिक भिडियोलाई बसन्त सापकोटाले निर्देशन गरेका हुन् भने भिडियोलाई टेकेन्द्र शाहले सम्पादन गरेका छन् । भिडियोमा शर्माले केटिलाई मन परको भन्ने कुरा देख्न सकिने छ ।
काठमाडौंको ललितकला क्याम्पसबाट संगितमा प्रविणता प्रमाणपत्र तह उत्तिर्ण गरेका दिपक बिगत २०६० सालदेखि सांगीतिक क्षेत्रमा प्रवेश गरेका हुन ।
© 2026 All Right Reserved to Sajhanetwork.com | Site By : SobizTrend