साझा नेटवर्क
काठमाडौं असोज १७ ।
निर्देशक मिलन चाम्सको फिल्म “बिर बिक्रम” दशैको लगतै १४ अक्टोबर सुक्रबारका दिन युएइका बिभिन्न हलहरुमा प्रदर्शन गर्न तयारी गरिएको छ ।
‘बिर बिक्रम’ फिल्मलाई चाम्स ईन्टरटेन्मेन्टको ब्यानरमा मिलन चाम्सले निर्माण तथा निर्देशन गरेका हुन् । फिल्मलाई तारा प्रकाश लिम्बुले संगीतबद्ध गरेका छन भने फिल्मको कथा याम थापाले लेखेका हुन् । प्रदर्शन हुन आटेको ‘बिर बिक्रम’ फिल्ममा दयाहाङ राई,दीया पुन,नाजीर हुसेन,अर्पन थापा,अनुप बिक्रम शाही,शिशिर राना लगाएतका कलाकारहरुको अभिनय रहेको छ ।
कन्सेप्ट भिजन फिल्म प्रोडक्शन एण्ड डिष्ट्रिव्युटर्स नेपालले युएईको स्थानीय डिष्ट्रिव्युटर्स सँग सहकार्य गरी नेपाली चलचित्रलाई वैधानिक रुपमा प्रदर्शन गर्ने आयोजकले साझा नेटवर्कलाई जानकारी दिएका छन।
चलचित्र प्रदर्शनका लागि युएईमा सबै तयारी पूरा भएको कन्सेप्ट भिजनका सञ्चालक शालिक सुवेदीले बताए ।
भिडियो हेर्नुहोस्
© 2026 All Right Reserved to Sajhanetwork.com | Site By : SobizTrend