साझा नेटवर्क
देवेन्द्र केसी नयाँ दिल्ली मङ्सिर १३ ।
गल्याङ नगर समाज युएई नेपालको हरेक ठाउँमा दुखी गरिबहरुको साहारा बन्दै आएको संस्था मध्यको एक संस्था हो र दुबईमा अत्यन्तै रुचाइएको संस्था मध्यको एक लोकप्रिय संस्था हो यो संस्थाले गल्याङ नगरपालिका भित्र नभै विभिन्न ठाउँमा दुखी पीडितलाई आपत बिपत्त परेको बेला सहयोग गर्दै आएको संस्था भएको हुँदा बढी जनताको रोजाइमा परेको संस्था मध्यको एक संस्था हो ।
गल्याङ नगर समाजले प्रवासमा रहेर पनि बेला मौकामा अन्य संस्थाले भन्दा केहि छुट्टै कार्ययोजनाहरु तयार गर्ने गर्दछ र कार्यक्रमहरु पनि अलि फरक तरिकाले गर्ने गर्दछ । यसपटक भने गल्याङ नगर समाज युएईले यहीँ आउदो डिसेम्बर २२ तारीख आइतबारका दिन गल्याङ नगर समाज युएईका अध्यक्ष श्याम भुसालको अध्यक्षता र पित्मबर अर्यालको संयोजकमा नेपाली नौमती बाजा सहित बृहत भनभोज कार्यक्रम मसाफी फुजेहेरामा आयोजना गरेको छ ।
सोही कार्यक्रम मा दुबईमा रहेका सम्पूर्ण नेपाली दाजुभाइ दिदिबहिनीहरु पनि नौमती बाजा सहितको कार्यक्रम र अलि फरक कार्यक्रम भएको हुँदा कार्यक्रममा जानुपर्छ है भनेर चासो उतिकै देखाउनु भएको छ । सबैजना उपस्थित भएर कार्यक्रमलाई सभ्य र भव्यसंग सफल पार्न मद्दत गर्नुहुन्छ भन्ने विश्वास राखेका पनि छौँ न्यौपानेले बताउनु भयो ।
अन्य विभिन्न संघ संस्थाका साथीहरू नेपाली दाजुभाइ दिदीबहिनी सबैजनालाई हामीले सामाजिक संजाल तथा मौखिक निमन्त्रणा पठाउने काम जारी रहेकोे र विभिन्न संघ संस्थाहरुलेले गल्याङ नगर समाज प्रति अत्यन्तै सकारात्मक सल्लाह सुझाव दिनुभएको र कार्यक्रमलाई सफल पार्न सदैव साथमा रहेकोे भनी हौसला दिदै आउनु भएको र आफूहरु सदैव गल्याङको साथमा रहेको प्रतिबद्धता जनाइरहनु भएको छ ।
आशा छ सबैजना कार्यक्रममा उपस्थित भएर कार्यक्रमलाई सफल पार्नुहुनेछ भन्नेमा हामी सिङ्गो गल्याङ नगर समाजको टिम ढुक्क छौं भनि हामीलाई गल्याङ नगर समाज युएईका महासचिव नवीन न्यौपानेले जानकारी दिनुभयोे ।
© 2026 All Right Reserved to Sajhanetwork.com | Site By : SobizTrend