logo
  • शनिबार, साउन ३० २०८३

चलचित्र उमंगको ट्रेलर सार्वजनिक (भिडियो सहित)


  • साझा नेटवर्क
  • शनिबार, साउन ३० २०८३

सुर्य चन्द, काठमाडौं असोज १६।
बहु प्रतिक्षित नेपाली यथार्थ परक नेपाली चलचित्र उमंगको ट्रेलर सर्बाजनिक भिडियो सहित सार्वजनिक गरिएको छ। परदेशीको कथालाई समेटिएको उक्त चलचित्र नेपाली परिवेशका हर कथा र माया प्रेमलाइ समेटेको छ ।
umanga
यहि आउदो कार्तिक १२ गते नेपाल भर प्रदर्शनको तयारिमा रहेको उक्त चलचित्रको ७५% छायांकन दुबईमा गरिएको चलचित्रको बाकी दृश्य गुल्मी बागलुङ र काठमाडौमा गरिएको छ । दर्जनौ चलचित्रमा कोरियोग्राफर र मुख्य सहायक निर्देशक भएर काम गरेका शिव शर्माले यो चलचित्रको निर्देशन गरेका हुन, चलचित्रले मनमा उमंग बोकेर परदेशीन बाध्य भएका परदेशीको कथा समेटेको छ ।

छायांकन सुरु भएदेखि नै चर्चामा रहेको चलचित्रमा बिनिता बराल, कुमार बि . सी, सि .पि .पौडेल ,राम बाबू रेग्मी, शिला श्रेष्ठ,रुपेश सुवेदी , राम थापा, उमेश कुमार के .सी , लगायतको अभिनय रहेको छ । बसन्त अधिकारीको मुख्य सहायक निर्देशन रहेको चलचित्रमा संगीत अर्जुन पोख्रेल र बि. बि . अनुरागी , द्वन्द कुमार महर्जन , सम्पादन अर्जुन जि. शि.तथा VFX अक्कि शर्मा को रहेको छ ।

रबिन्द्र बराल छायांकार रहेको फिल्मको कथाकार कुमार बि .सी हुन, आफू बिदेशमा बसेर बिदेशको दुख कष्ट भोगेको र सोही बिषय बस्तु लाइ चलचित्र को कथा बनाएका कुमार बि.सी. नै चलचित्रका निर्माता हुन । चलचित्र नाम नै उमंग रहेको हुदा नेपाली हरुको महान चाड तिहारको मौका पारेर कार्तिक १२ गते अधिराज्यभर प्रदर्शन हुँदैछ ।


चलचित्र उमंगको ट्रेलर यस्तो छ भिडियो हेर्नुहोस ।

प्रतिक्रिया दिनुहोस
ताजा अपडेट
धेरै पढिएका
सम्बन्धित समाचार

© 2026 All Right Reserved to Sajhanetwork.com  | Site By : SobizTrend