साझा नेटवर्क
दर्शन सुनार, साउन ११।
पछिल्लो समयका हिट लोक तथा दोहोरी गायक भागिरथ चलाउनेको नयाँ तिज गित “मायाले त होला” सार्वजनिक भएको छ उनले उक्त गितको भिडियो बिहिबार सार्वजनिक गरेका हुन ।
गितको शब्द सिर्जना चलाउने आफैले कोरेका छन भने संगीतबद्ध पनि उनकै रहेको छ । बिनोद बाजुरालीले संगीत संयोजन गरेको गितमा चलाउने लाई सुनिता बुढा क्षेत्री ले आवाजमा साथ दिएकी छिन ।
राजेश घिमिरेको छांयाकन मौसम हिमालीको निर्देशन रहेको भिडियोमा चलाउने र अन्जना बराईलीको अभिनय रहेको छ भने गितको भिडियोलाई नबिन मगरले सम्पादन गरेका छन ।
झमझम झम्काना गित बाट चर्चामा आएका चलाउनेले आफना पुराना कोशेली जस्तै यो कोशेलीलाई पनि दर्शक श्रोताले मन पराउनेमा चलाउने आशावादी रहेको बताएका छन ।
स्टुडियो मालश्रीमा रेकड भएको गीतलाई सागर बाजुराली र गोबिन्द पराजुलीले रेकडिङ्ग र खडक बाजुरालिले मिक्सिङ्ग गरेका छन् ।उक्त गितको भिडियो भागिरथ चलाउने नामक अफिसियल युटुव च्यानलमा हेर्न सकिन्छ।
© 2026 All Right Reserved to Sajhanetwork.com | Site By : SobizTrend