साझा नेटवर्क
काठमाण्डौ, साउन २।
उदयीमान गजलकार विजय खड्का “गगन”को तीज गीत “परेदेशी दिदी” सार्वजनिक भएको छ । गुल्मी जिल्ला धुर्कोट गाउँपालिका वडा नं २ पिपलधारा जन्म घर भई काठमाण्डौलाई कर्मथलो बनाएका पछिल्लो समय नेपाली कला र साहित्यको क्षेत्रमा लोकप्रियता कमाउँदै आएका विजय खड्काले महिलाहरुको चाड हरितालिका तीजको अवसर पारेर उक्त गीत श्रृजना गरेका छन् ।
चर्चित गायक गायिका द्वय पशुपति शर्मा र सुनिता बुढा क्षेत्रीको सुमधुर स्वर रहेको गीतका सर्जक खड्काले उक्त गीतमा अभिनय समेत गरेका छन्। उनी सँगै उनकी सहोदर दिदी राधा खड्काले समेत अभिनय गरेकी छिन् ।
विजय खड्का गगनले गजल, आधुनिक तथा लोक गीत समेत श्रृजना गर्दै आएका छन् । उनका पछिल्ला गीतहरु ‘नबदिलन्छ जिन्दगी’ आधुनिक र गत वर्षको तीज गित ‘ अडकिएन हत्केला’मा हुन् ।
© 2026 All Right Reserved to Sajhanetwork.com | Site By : SobizTrend