logo
  • शनिबार, साउन ३० २०८३

नक्कली भुटानी सरणार्थी प्रकरणमा आधारित तिजगीत भ्रष्टचारी भेना सार्वजनिक


  • साझा नेटवर्क
  • शनिबार, साउन ३० २०८३

देवेन्द्र केसी, साउन १ ।
नारीहरुको माहान पर्व तिज नजिकिदै गर्दा तिजका गीतहरु धमाधम बजारमा सार्वजनिक भई रहेका छन् । यति बेला नेपाली गीत संगीतको बजारमा बिशाल मुभिज मार्फत पारिवारीक कथाबस्तुमा आधारित मार्मिक तिजको कोसेली तिज गीती कथा बिरहको तिज भाग ३ भ्रष्टचारी भेना बजारमा आयको छ ।

बरिष्ठ गायक ईन्द्र जि.सी.,चर्चित गायिका जमुना राना, चर्चित गायक बिक्रम परियार,चर्चित गायक,सर्जक हुम गैरे,चर्चित गायिका कमला बि.शी.,बिमला गैरे र गायक हेमराज डाँगीको स्वरमा रहेको गीतको लय अनि शब्द हुम गैरेले सिर्जना गरेका हुन् । गायक गैरेकै कथा तथा निर्देशनमा तयार भएको गीतको म्यूजिक भिडियो राम के.सी.ले खिचेका हुन् ।

नक्कली भुटानी सरणर्थी प्रकरणमा आधारित कथा बस्तु रहेको गायिका कमला बि.शी.को तिज गीती कथा बिरहको तिज भाग ३ भ्रष्टचारी भेनामा चर्चित मोडल धिरज खत्री, कुमार सुनेल, रमा ठकुरी, करिष्मा परियार,ईश्वर बल्लभ, बसन्त बर्मा, संगीत मगर, बिनोद कंडेल, बिबेक बस्नेत, सिर्जना पाण्डे लगायतका कलाकारहरुको जिबन्त अभिनय रहेको छ ।

दर्शक अनि स्रोताले बिरहको तिज भाग १ अनि भाग २ लाई अपार मायाँ दिई सक्नु भएको छ र यो तेस्रो भागले पनि सबैको मन जित्ने बिश्वास लियको कुरा गीतका सर्जक हुम गैरेले बताए । यथार्थ कथा बस्तुमा आधारित मार्मिक तिज गीती कथा बिरहको तिज भाग ३ भ्रष्टचारी भेनालाई सफलताको शुभकामना ।

प्रतिक्रिया दिनुहोस
ताजा अपडेट
धेरै पढिएका
सम्बन्धित समाचार

© 2026 All Right Reserved to Sajhanetwork.com  | Site By : SobizTrend