logo
  • शनिबार, साउन ३० २०८३

म्यानमारमा सेनाको हेलिकप्टर दुर्घटना, २ जनाको मृत्यु


  • साझा नेटवर्क
  • शनिबार, साउन ३० २०८३

एजेन्सी।
म्यानमारमा सेनाको हेलिकप्टर बिहीबार बिहान ने पाइ ताव केन्द्र शासित क्षेत्रको लुई टाउनसिपमा दुर्घटना हुँदा त्यसमा सवार दुई जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा हेलिकप्टरका पाइलट र प्रशिक्षार्थी रहेको बताईएको छ ।

म्यानमारको राज्य प्रशासन परिषद्ले जनाएअनुसार तालिमका क्रममा मण्डले क्षेत्रको मिक्टिला जाँदै गरेको सेनाको हेलिकप्टर टाउनसिपको लेदारगी गाउँबाट करिब पाँच किलोमिटर दक्षिणपश्चिममा रहेको लेवे टाउनसिपमा प्राविधिक खराबीका कारण दुर्घटना भएको हो ।

प्रतिक्रिया दिनुहोस
ताजा अपडेट
धेरै पढिएका
सम्बन्धित समाचार

© 2026 All Right Reserved to Sajhanetwork.com  | Site By : SobizTrend