साझा नेटवर्क
अनिल खत्री,गुल्मी असोज ७ ।
राष्ट्रिय लोकदोहोरी गीत प्रतिष्ठानको आगामी नेतृत्वका लागि बिभिन्न कलाकर्मीहरुले आफनो उमेदवारी घोषण गरेका छन् । यहि असोज ८, ९, १० गते काठमाडौंमा हुने छैटौैं राष्ट्रिय महाधिवेशनमा महासचिव पदमा लोक दोहोरी गायक शिरिष देवकोटाले उमेदवारी घोषणा गरेका छन् । 
बिगत लामो समय देखि लोक दोहोरी क्षेत्रमा आफना रहेर कला सँस्कृतिलाई जोगाई राख्न बिभिन्न खाले गित संगितहरु सृजना गरेर आफना प्रस्तुहिरु राख्दै आएका देवकोटाले छैटौं महाधिबेशनको लागी महासचिवमा उमेदवारीको घोषण गरेका छन् ।
पाचौं महाधिबेशनमा सचिव पदमा निर्वाचित देबकोटा संस्थामा लामो समय खटेर अमुल्य योगदान दिदै आएको र आगामी दिनहरुमा पनि प्रतिबद्धताका साथ काम गर्ने बताए ।
बिगतको अनुभवले संस्था र संगित क्षेत्रलाई केहि मर्यादित व्यवस्थित बनाउनु पर्छ भन्ने अबिभारा लिएका गायक देवकोटाले यो महाधिबेशनमा धेरै कलाकर्मीहरुबाट सहयोग साथ पाउने बताए । संगित क्षेत्रलाई बलियो, मर्यादित र भरपर्दो बिधा बनाई सबैको प्रिय क्षेत्र बनाउने अठोट आफुमा रहेको बताए ।
संगित क्षेत्रलाई बिगत र वर्तमानको भरोसाको केन्द्र बनाई कला संस्कृतिको संरक्षण संबद्धन गर्नमा आफनो महत्वपूर्ण भुमिका रहने बताए । प्रतिष्ठानको महाधिवेशनका लागि ६१ जिल्लाबाट २ हजारभन्दा बढी कलाकारहरु प्रनितिधिरुपमा सहभागी हुने प्रतिष्ठानका अध्यक्ष चन्द्र शर्माले बताए ।
© 2026 All Right Reserved to Sajhanetwork.com | Site By : SobizTrend