साझा नेटवर्क
काठमाडौं, असोज ७।
गुल्मेली युवा लोक गायक केहरसिंह प्यासी नयाँ लोक गीत सहित बजारमा आएका छन् । हङकङ लण्डन एल्बम मार्फत उनी बजारमा आएका हुन् । गीतमा मेलिना राइ र स्वयम प्यासीले स्वर भरेका छन् ।
प्यासीकै शब्द रहेको उक्त गीतको संगित दिनेश जिसीले भरेका हुन् । यो भन्दा अघि पनि प्यासीले केही चर्चित गीत लिएर बजार आएका थिए । गीतमा विदेशमा बस्ने, विशेष गरि लण्डनमा बस्ने नेपालीहरूले नेपाललाई माया गरेको उल्लेख गरिएको प्यासीले जानकारी दिए ।
उनका अनुसार हङकङमा गर्मी भएकोले लण्डनमा बस्न प्रेमीले प्रेमीकालाइ अनुरोध गरेका छन् । तर प्रेमीकाले भने आफूलाई हङकङ शहरनै प्यारो भएको उल्लेख गरेकी छन् ।
© 2026 All Right Reserved to Sajhanetwork.com | Site By : SobizTrend