साझा नेटवर्क
जोगिन्द्र मल्ल,प्युठान माघ १२ ।
“स्वास्थ्यको लागि खेलकुद राष्ट्रका लागि खेलकुद “भन्ने मुल नाराका साथ खेलकुद विकास समिति गौमुखी गाउँपालिकाको आयोजनामा तेस्रो राष्ट्रपति रनिङ्ग शिल्ड प्रतियोगिता आजदेखि संचालन भएको छ ।
खेलकुद विकास समितिका अध्यक्ष प्रदीप शाहीको अध्यक्षतामा भएको खेलकुद प्रतियोगिताको उद्घाटन गर्दै प्रमुख अतिथी लुम्बिनी प्रदेश सभा सदस्य माननीय निमा गिरीले खेलाडी रास्ट्रका गहना भएको ,खेलाडीको जीवन दयनीय र बेरोजगार भएकोले राज्यले नहेर्नू दु:खद रहेको बताउनु भयो ।
त्यसै गरि गौमुखी गाउँपालिका अध्यक्ष बिष्णु कुमार गिरिले प्रतियोगिता सफलताको बनाउन गाउँपालिकाले सक्दो सहयोग गर्ने र कार्यक्रम सफलताको शुभकामना दिनु भयो । भने गाउँपालिका उपाध्यक्ष महावीर राना ,प्रमुख प्रशासकिय अधिकृत खुम बहादुर घर्ती ,गौमुखी मा.बि का प्रधानाध्यापक माधबराज पोख्रेल लगायतले मन्तव्य राख्नु भएको थियो ।
सो कार्यक्रमको संचालन कवि के सिले गरेका थिए । रनिङ्ग शिल्ड प्रतियोगितामा पुरुष भलिबल ,महिला भलिबल ,एथलेटिक्स ,दौड ,सट फुट लगायतका प्रतियोगिता हुने र सो प्रतियोगिता माघ १२ देखि १४ गते सम्म संचालन हुने छ ।
© 2026 All Right Reserved to Sajhanetwork.com | Site By : SobizTrend