साझा नेटवर्क
दिलीप पराजुली, कतार ।
“सुख दुखमा साथ लमजुङ सेवा समाज” भन्ने मूल नाराका साथ् स्थापना भएको लमजुङ सेवा समाज कतारको आयोजनामा भएको लमजुङ धमाका तथा बृहत सास्कृतिक कार्यक्रम दोहाको हिलाल स्थित रेजेन्सी हलमा बृहत रुपमा सम्पन्न भएको छ ।

नेपाल बाट राष्ट्रिय कलाकारहरु र स्थानीय कलाकारहरुको बेजोड प्रस्तुति रहेको उक्त कार्यक्रममा सस्थाका अध्यक्ष बिष्णु लाल श्रेष्ठको सभापतित्वमा रहेको थियो भने नेपाली राजदुतावास कतारका दितीय सचिब हरि प्रसाद अर्यालको प्रमुख आथित्य रहेको थियो । प्रमुख अथिति अर्यालले कतारको नियम भित्र रहेर काम तथा कृयाकलाप गर्नु हुन अनुरोध गरे । यस्ता कार्यक्रमको लागि नेपाली दुताबासबाट पनि साथ र सहयोग रहने बताए ।
कार्यक्रममा बोल्दै अर्यालले आउदै गरेको दशैँ तथा तिहारको अग्रिम शुभकामना दिदै अहिले कतार सरकारले सेप्टेम्बर १ देखि डिसेम्बर १ सम्म भागेर काम गरि रहेका कामदारहरुलाई आम माफी दिने सूचना संगै नेपालीहरुले आ आफ्नु ठाम बाट सहयोग गर्न अनुरोध गरे । दोहामा भयका सामाजिक सस्थाहरुले सक्दो सहयोग गर्नेमा विश्वास व्यक्त गर्दै जनस्तर मा राजदूतावास भन्दा सामाजिक सस्थाको ज्यादा समन्वयकारी भुमिका भएको हुदा सक्दो सहयोग गरिदिन अनुरोध गर्दै कार्यक्रमको शुभकामना व्यक्त गरेका थिए ।
बिशेष अतिथि तथा अतिथिहरुमा दोहाका सामाजिक सस्थाका प्रमुख,राजनीतिक दलका भात्री संगठनका प्रतिनिधि तथा नेपाली समुदायका अग्रज तथा सामाजिक अभियान्त्ताहरुको बाक्लो उपस्थिति रहेको थियो । ब्यानर अनावरण, दीप प्रज्वलन तथा राष्ट्रिय गान संगै सुरु गरिएको कार्यक्रम कतारको रास्ट्रिय गान समेत गाइएको थियो ।
कार्यक्रममा सस्थाका अध्यक्ष बिष्णुलाल श्रेष्ठले कार्यक्रममा आसन ग्रहण गर्दै कार्यक्रम को बारेमा प्रस्ट पारेका थिए भने कार्यक्रम आयोजना हुनुमा लमजुंग जिल्ला भित्र पिछडिएका क्षेत्रमा प्राबिधिक शिक्षाको लागि गरिएको बताए । कार्यक्रममा सस्थाका उपाध्यक्ष खुशी गुरुंगले सम्पूर्ण आगन्तुक दर्शक तथा कलाकारलाई स्वागत मन्तब्य राखेर स्वागत गरेका थिए । दोहामा हुने अन्य कार्यक्रम भन्दा बिल्कुल फरक रहेको कार्यक्रममा कुनै भाषण बाजी थिएन भने पुरै कार्यक्रम सांगीतिक रहेको थियो ।
कार्यक्रमको संचानल सस्थाका महासचिब सिताराम थापाले निकै सौभाद्रपूर्ण हिसाबले संचालन गरेका थिए भने सांगीतिक कार्यक्रम चर्चित गायक तथा कार्यक्रम प्रस्तोता चोलेन्द्र पौडेलले संचालन गरेका थिए । कार्यक्रमको शुरुमा नब प्रतिभा सांगीतिक समुहको समुहिक नृत्य रहेको थियो भने कतारकी गायिका शुस्मा पुन र कमला गुरुङले आफ्नु प्रस्तुति दिएका थिए । त्यस्तै कलाकार रित कुमार श्रेष्ठले पनि आफ्नो प्रस्तुति पस्केका थिए ।
नेपालबाट आएकी डान्सर सारिका घिमिरेले दर्शकलाई भरपुर मनोरन्जन दिएकी थिइन् भने चर्चित गायिका देविका के.सी. ले भर्खर बजारमा निस्किएको लास्तै टेनसन् भो“ भन्ने गीतले दर्शक नचाएकी थिइन् । त्यस्तै स्मृति पोखरेल आधुनिक तथा पप गित गायर माहोल तताएकी थिइन् । नेपाल बाट आएकी कलाकार अश्मी गुरुंगले दर्शकको मन भित्र पस्न सफल भईन उनले बिदेशीको बेदना र पीडाले भरिएको समसामयिक गीतमा आफ्नो प्रस्तुति दिएकी थिइन् ।
उनको नृत्य हेरेर दर्शक हरु आफु विदेशिएको पिडा भुलिरहेको आभासमा देखिन्थे । लामो समय देखि कलाकारिता गर्दै आएका दोहाका स्थानिय कलाकारहरुले पानि पर्यो अशिना झर्यो ( दाईको रुमाल भाउजुलाई मन पर्यो” बोलको गीतमा पुरै हल भरिका दर्शक हरुलाई नचाए । त्यस्तै गायिका उमा गिरीले पनि दर्शकको मन जित्न सफल भईन उनको “मुटु हल्लियो, मायाको गोलि चल्यो ड्याङ्ग ड्याङ्ग ड्याङ्ग“ बोलको गीतमा पनि दर्शक खुब रमाएको देखिन्थे ।
अर्का आकर्षक ब्यक्ती थिए महादेव त्रिपाठी, उनले केहि सन्देश मुलक जानकारी पनि दिए भने प्रमुख रुपमा जादु देखाएर पेट मिची मिची हसाएका थिए । उनको जादु देखेर कार्यक्रमका प्रमुख अथिति, अथिति लगाएत पुरै दर्शकलाई हसाएका थिए । राष्ट्रिय कलाकार राजु परिवार स्टेजमा आउनु भन्दा आगाडी नै दर्शकले उनको माग गरेको देख्न पाइन्थ्यो । उनले आफ्ना चर्चीत् पुराना तथा नया गित सुनाएर दर्शक नाचाएका थिए ।
जब राजु परिवार गाउन शुरु गरे दर्शक कुर्शी बाट उठेर नाचिरहेका देखिन्थे । पहिलो चरणको अन्तिम अन्तिममा चोलेन्द्र पौडेल,राजु परिवार,देविका के.सी. उमा गिरीले दोहोरि बाट झन् दर्शकलाई भरपुर मनोरञ्जन दिलाएका थिए । हल बाहिर छरपस्ट दर्शकको बुझाइ आनुसार दोहाको नेपालि कार्यक्रमहरु मध्य यो एतिहासिक कार्यक्रम भएको हो भन्ने धारणा रहेको छ ।
दर्शकको ख्याल गरेर कार्यक्रम दुई चरणमा देखाइएको आयोजकले बताएको छ । कार्यक्रम संचालक चोलेन्द्र पौडेलले बिचमा कार्यक्रमका महासचिव सिताराम थापालाई कार्यक्रममा सहयोग गर्ने दाताहरुको नामावली सुनाउन छोटो समय दिएको देखिन्थो भने कार्यक्रम एकदम शान्त बाताबरणमा सम्पन्न भएको थियो ।
© 2026 All Right Reserved to Sajhanetwork.com | Site By : SobizTrend