logo
  • शनिबार, साउन ३० २०८३

अन्तर्राष्ट्रिय कलाकार मँच अमेरिकाको नेपाल शाखा पुनर्गठन


  • साझा नेटवर्क
  • शनिबार, साउन ३० २०८३

अमेरिका,  भदौ ३०।
अन्तर्राष्ट्रिय कलाकार मँच अमेरिकाको नेपाल शाखा पुनर्गठन भएको छ । नेपालको कलकारिताका बिभिन्न क्षेत्रहरुबाट समेट्दै नेपाल शाखा पुनर्गठन गरिएको र अब नेपाल शाखाले सक्रिय रुपमा आफ्नो जिम्मेवारी बहन गर्ने कुरा अध्यक्ष शिवहरी पौडेल र उपाध्यक्ष किरण केसीले बताउनु भएको छ ।

kalakar-teamसंसारका ३२ भन्दा बढी देशमा आफ्नो सन्जाल पुर्याइसकेको अन्तर्राष्ट्रिय कलाकार मँच कला साहित्य सँस्कृती गीत संगीत लगायतका बिभिन्न कला बिधामा कार्यरत कलाकारहरुको अन्तराष्ट्रिय स्तरको पहिलो संगठन हो जुन सन २००७ मा अमेरिकामा शुरु भएको थियो । सन २००८ देखी अमेरिकामै रजिस्टर्ड भै अमेरिकी सरकारी स्तरबाट मान्यता प्राप्त मँचको सुरुवात साहित्यकार समेत रहनुभएका अग्रज लोक तथा दोहोरी गायक, कलाकार तथा पत्रकार रामप्रसाद खनालले गर्नुभएको हो जसमा नेपाली मात्र होइन बिदेशी कलाकार हरु पनि संलग्न छन ।

अमेरिकामा प्रधान कार्यालय रहेको यो मँचले अमेरिकामा सन २००७ देखी नै साँस्कृतिक अभियान सँचालन गर्दै अाइरहेको छ । यसकै नेत्रित्वमा साँस्कृतिक अभियान स्वरुप अमेरिकामा अहिले ठुला ठुला कार्यक्रम महोत्सबहरु एतिहासिक रुपमा सँचालन हुँदै अाइरहेका छन भने अमेरिका बाहिर बिभिन्न देश हरुमा पनि यसको साँस्कृतिक अभियान तिब्र बन्दै गैरहेको छ ।

भर्खरै पुनर्गठित अन्तर्राष्ट्रिय कलाकार मँच नेपाल शाखामा निम्नानुसारका जानेमानेका कलाकारहरु रहनुभएको कुरा अध्यक्ष शिवहरी पौडेल र बरिस्थ उपाध्यक्ष किरण केसी द्वारा हस्ताक्षरित प्रेस बिज्ञप्तीमा जनाइएको छ ।

अध्यक्ष – शिवहरी पौडेल
बरिस्थ उपाध्यक्ष – किरण केसी
उपाध्यक्ष – मनोज कुमार आचार्य
उपाध्यक्ष – सिताराम कट्टेल
महासचिब – कृष्ण ढुंगाना
सचिब – कमल मैनाली
कोसाध्यक्ष – राजेन्द्र लुइँटेल
शाह कोसाध्यक्ष – सबिता गुरुङ
वरिष्ठ सल्लाहकार – लय सङ्रौला

यसैगरी कार्य समितिका सम्मलित सदस्यहरुमा क्रमश : राजाराम पौडेल, पुरुसोत्तम न्यौपाने, शैलेन्द्र सिम्खडा, जितु नेपाल, केदार घिमिरे, कुन्जना घिमिरे, कृष्ण कंडेल, अनुराग कुँवर, सुरेन्द्र केसी, हिमा कोइराला, शिव शंकर रिजाल, विल्शन बिक्रम राइ, शंकर बिसी, शिवहरी आचार्य, बिनोद केसी, जेनी कुँवर, शुशिल छेत्री, शिवहरी नेपाल बैरागी, ज्योति कफ्ले, प्रमोद खरेल, प्रकाश कटुवाल, दमन रुपाखेती, निरु खड्का, बिमला गिरी, सौगात कंडेल, कमला रेग्मी, शर्मिला शर्मा, दिजराज पौडेल, रबी डङ्गोल, रामचन्द्र काफ्ले, जुनु रिजाल, अर्जुन कौशल, बुद्धी तामाङ, शिव शर्मा, सुदन केसी, आर पि भट्टराई, यमन श्रेष्ठ, श्रीधर आचार्य, निशा सुनार, राजा राजेन्द्र, रमेश केसी मट्टारे, निरज नेपाल, धनीराम मुस्कान, रमेश अधिकारी, रितु भण्डारी, सुदिप बास्कोटा, कविता शर्मा, रबी शर्मा, मनराज श्रेष्ठ, दिनेश दुलाल, यादब थापा, होमनाथ तिमील्सिना, सचिन राइ, कन्चन सापकोटा, रक्षा गुरुङ, राम कृष्ण नेपाल रहनुभएको नेपाल शाखाका अध्यक्ष शिवहरि पौडेल र वरिष्ठ उपाध्यक्ष किरण केसी द्वारा हस्ताक्षरित बिज्ञप्तिमा उल्लेख छ ।

यसैबिच मँचका केन्द्रिय अध्यक्ष राम प्रसाद खनालले भर्खरै पुनर्गठित नेपाल शाखामा आउनुभएका सबै कलाकारहरुलाई मँचमा स्वागत सहित बधाई ज्ञापन गर्नुभएको छ । केन्द्रले नेपाल शाखाको पुनर्गठित कमिटिलाई बिधान अनुसार अनुमोदन गर्दै नेपाल शाखा आगामी दिनमा सक्रिय भएर गीत संगीत कला साहित्य लगायतका कलाका जुन सुकै बिधामा पनि कृयाशिल हुने छ भन्ने विश्वाश लिएको केन्द्रिय अध्यक्ष खनालले बताउनु भएको छ ।

प्रतिक्रिया दिनुहोस
ताजा अपडेट
धेरै पढिएका
सम्बन्धित समाचार

© 2026 All Right Reserved to Sajhanetwork.com  | Site By : SobizTrend