logo
  • शनिबार, साउन ३० २०८३

गायक हेमन्त शर्माको ”एक जुनि हैन”सार्वजनिक


  • साझा नेटवर्क
  • शनिबार, साउन ३० २०८३

केशब कंडेल,रुपन्देही फागुन २६।
लोकप्रिय गायक हेमन्त शर्माको नयाँ गीत ”एक जुनि हैन”सार्वजनिक भएको छ ।

यो पटकको गित पनि बिगतमा जस्तै प्रेमी जोडीहरुमा समर्पित गर्दै गायक शर्मा कै शब्द ,संगीत र स्वर दिएर गित बजारमा ल्याएका हुन भने गायिका अस्मिता अधिकारीले महिला आवाजमा साथ दिएकी छिन् ।

गीतमा संगीत संयोजन श्याम स्वेत रसाईली गरेका छन । म्यूजिक भिडियोमा नायक तथा मोडेल आकाश श्रेष्ठ, रियासा दाहालले अभिनय गरेका छन् । निकेश खड्काको निर्देशन रहेको यो भिडियोको छायाङ्कन भने धिरज जङ्ग शाहले गरेका हुन् ।

बिगत केही बर्ष देखि आफ्ना सिर्जना आफ्नै युट्युब मार्फत सार्वजनिक गर्दै आएका शर्मा ”एक जुनि हैन”बोलको गित पनि आफ्नै युट्युब च्यानल मार्फत डिजिटल मिडियामा ल्याएका हुन । यो भिडियो सम्पादनको काम भने बिकाश धमलाले पाएका थिए ।

भिडियो हेर्नुहोस…  

 

प्रतिक्रिया दिनुहोस
ताजा अपडेट
धेरै पढिएका
सम्बन्धित समाचार

© 2026 All Right Reserved to Sajhanetwork.com  | Site By : SobizTrend