logo
  • शनिबार, साउन ३० २०८३

पामाकेयर नेपाल्स स्टार मोडल-२०१६ को अडिशन हुदै


  • साझा नेटवर्क
  • शनिबार, साउन ३० २०८३

काठमाडौँ, भदौ २५ ।
नेपाल भरिका अबिबाहित तथा बिबाहित पुरुष र महिलाहरुलाई समेटेर हुन गईरहेको बृहत सौन्दर्य प्रतियोगिता “पामाकेयर नेपाल्स स्टार मोडल–२०१६” सिद्दि मिडिया प्रालिले पहिलो पटक नेपालमा आयोजना गर्न लागेको हो । काठमाडौँ, पोखरा, बुटवल र धरान गरि नेपालको चार प्रमुख शहरहरुमा चाडै अडिशन सुरु हुन गईरहेको यस सौन्दर्य प्रतियोगिता सम्भबत नेपालमा पहिलो पटक बिबाहित तथा अबिबाहित महिला पुरुषहरु लाइ समेटेर गर्न लागिएको बृहत सौन्दर्य प्रतियोगिता भित्र पर्छ ।
14315476_643072905862587_216110156_o
सम्पूर्ण नेपालीहरुको जात, भाषा,धर्म र सस्कृतिलाइ समेटेर आयोजना गर्न लागेको यस प्रतियोगितामा बिद्यार्थी, गृहणी, घरायसी, कामकाजी, शिक्षिक कर्मचारी ब्यबसायी हर तप्काका पुरुष र महिलाहरुले भाग लिन पाउनेछन भने “पामाकेयर नेपाल्स स्टार मोडल–२०१६” को अडिशन काठमाडौँ बाट सुरु गरिएको आयोजक कमिटीले जानकारी गराएको छ ।

पहिलो अडिशनबाट दश जना प्रतिस्पर्धि छनौट भएका र काठमाडौँमा नै दोस्रो अडिशन यहि आउदो भाद्र २६ गते तिनकुने स्थित ग्रिन क्याफेमा हुने भएको छ ।प्रतियोगिताका लागि छनौट हुने युवा युवतीहरुलाई एक महिना सम्म विशेष प्रशिक्षण प्रदान गरिने छ जसमा नेपालका ख्याति प्राप्त ट्रेनर, सेलिब्रेटी कलाकार र चर्चित मोडलहरु बाट प्रतिस्पर्धिहरुलाई सञ्चार दक्षता, एमसिइङ, पब्लिक स्पिकिङ, व्यक्तित्व विकासको कक्षा,आत्मविश्वास अभिवृद्धि गराउने कक्षा, मोटिभेसन क्लास तथा व्यक्तित्व विकास सम्बन्धि विषयमा प्रशिक्षण दिनेछन् ।

प्रशिक्षणको क्रममा प्रतिस्पर्धिहरुलाई फिटनेस, योगा, स्पा सहित गतिविधीमा समेत सहभागि गराइने जानकारी सिद्दि मिडिया प्रालिका अध्यक्ष अमित शाहले गराए । यस सौन्दर्य प्रतियोगीताले बिबाहित तथा अबिबाहित पुरुष र महिलाहरु बीच व्यक्तित्व विकास र आफु संग भएको प्रतिभा प्रस्फुटन गरि समाजमा एक प्रकारको सकारात्मक सन्देश दिन सफल हुने कुरामा उनि बिस्वस्त छन साथै यस सौन्दर्य प्रतियोगितामा १६ देखि ३५ बर्ष उमेर समुहका हरुले प्रतिस्प्रधा गर्न पाउने भएका छन ।

पामाकेयर नेपाल्स स्टार मोडल–२०१६को कोरियोग्राफी चर्चित मोडल, विभिन्न अन्य सौन्दर्य प्रतियोगिताहरुमा कोरियोग्राफी गरेर चर्चा बटुली सकेका कोरियोग्राफर तथा फेस अफ द इयरका बिजेता दिवश धितालले गर्ने भएका छन ।

प्रतिक्रिया दिनुहोस
ताजा अपडेट
धेरै पढिएका
सम्बन्धित समाचार

© 2026 All Right Reserved to Sajhanetwork.com  | Site By : SobizTrend