logo
  • शनिबार, भाद्र २० २०८३

नेपाल भारतबीचको सांस्कृतिक सम्बन्ध थप बढाउने उदेश्यले बनारसमा विशेष कार्यक्रम सम्पन्न


  • साझा नेटवर्क
  • शनिबार, भाद्र २० २०८३

सुबास बस्नेत, नयाँ दिल्ली पुष १०।
नेपाल भारतबीचको सांस्कृतिक सम्बन्धलाई थप बढाउने उद्धेश्यले उत्तर प्रदेशको बनारसमा नेपाल-भारत सांस्कृतिक आदान प्रदान कार्यक्रम सम्पन्न भएको छ । शनिवार बनारसस्थित होटल अमायामा सम्पन्न कार्यक्रममा भारतका लागि नेपालका कार्यवाहक राजदूत रामप्रसाद सुवेदी प्रमुख अतिथिका रुपमा उपस्थित रहनु भएको थियो ।
भारतीय उद्योग परिसंघका राष्ट्रीय उपाध्यक्ष आर के चौधरी, महानगर उद्योग व्यापार समिती, वाराणसीका अध्यक्ष प्रेम मिश्रा र उत्तर प्रदेशको पर्यटन कल्याण संघका अध्यक्ष राहुल मेहता विशेष अतिथिका रुपमा उपस्थित रहनु भएको थियो । समारोहमा बोल्दै कार्यवाहक राजदूत राम प्रसाद सुवेदीले गंगामा नदी मात्रै नभई नेपाल भारतको सम्बन्ध पनि बगिरहेको बताउनु भएको छ ।
नेपालबाट बग्दै आउने नदी गंगामा बग्नु त्यही हाम्रो विशिष्टता भएको उहाँले बताउनु भयो । उहाँले काशीमा विश्वनाथ र काठमाडौंमा पशुपतीनाथको उदहारण दिँदै यो अवसर नेपाल भारतबिचको सदियौंदेखिको सांस्कृतिक सम्बन्धलाई मनाउनु पर्नेमा जोड दिनुभयो । उहाँले भारतीय नागरिक विशेषगरि काँशीका वासिन्दालाई नेपालको धार्मिक क्षेत्रहरुको भ्रमण गर्न पनि आग्रह गर्नुभयो ।
समारोहमा पर्यटन कल्याण संघका अध्यक्ष राहुल मेहताले काशीबाट कुनै पनि कामको शंखनाद भए त्यसको प्रभाव पुरै विश्वमा पर्ने भन्दै नेपाल-भारतको सांस्कृतिक सम्बन्ध आदान प्रदानको कार्यक्रम बनारसबाट शुरुवात भएको भन्दै यसले पक्कै पनि दुई देशको सम्बन्ध झन उचाईमा पुग्ने विश्वास व्यक्त गर्नुभयो । यस्तै अन्य वक्ताहरुले पनि दुई देशको सम्बन्ध अनादी कालबाट रहेको भन्दै यो सदा रहीरहने बताउनुभयो ।

बीपी कोइराला इन्डिया नेपाल फाउन्डेसन नयाँ दिल्लीको सहयोगमा पत्रकार एवं सामाजिक कार्यकर्ता रुचि सिंहले आयोजना गरेको नेपाल-भारत सांस्कृतिक आदान-प्रदान कार्यक्रममा नेपालको मारुनी, देउडा, तामाङ सेलो शैलीसहित देश भक्ती गीत र भारतका कत्थक एवं भरत नाट्यमसहित चर्चीत शैलीका नृत्यहरु प्रस्तुत गरिएको थियो ।

नेपाली नृत्य टोलीको नेतृत्व उमेश शाहीले गरेका थिए भने भारतको नेतृत्व बनारसका प्रसिद्ध कत्थक नृत्यकार शिव आनन्दले गरेका थिए । कार्यक्रममा बनारसस्थित भारतीय र नेपाली नागरिकहरुको उपस्थिती रहेको थियो ।

प्रतिक्रिया दिनुहोस
ताजा अपडेट
धेरै पढिएका
सम्बन्धित समाचार

© 2026 All Right Reserved to Sajhanetwork.com  | Site By : SobizTrend