logo
  • शनिबार, साउन ३० २०८३

मुसिकोटको देउरालीमा मेगा बैंकद्वारा शाखारहित बैङ्किङ्ग सेवा शुभारम्भ


  • साझा नेटवर्क
  • शनिबार, साउन ३० २०८३

कृष्ण भट्टराई, गुल्मी पुष ५ ।
मेगा बैंक नेपाल लिमिटेडले शाखा रहित बैंकिङ्ग सेवा मुसिकोट नगरपालिका २ को देउरालीमा शुभारम्भ गरेको छ । मुसिकोट नगरपालिका वडा नम्बर २ मा हालसम्म कुनैपनी बैंकिङ्ग सेवा नभएको अवस्थामा बित्तिय सेवालाई जनता समक्ष सहज रूपमा पुर्याउनको लागि बैंकको शाखारहित सेवा शुभारम्भ गरिएको मेगा बैंक नेपाल लिमिटेड तम्घास शाखा प्रमुख कालिदास पाण्डेले बताउनु भयो ।
शुभारम्भ कार्यक्रममा बैंकका मुसिकोट २ प्रतिनिधि महेन्द्र घिमिरेको स्वागत मन्तव्य रहेको थियो । मुसिकोट नगरपालिकाका नगर प्रमुख सोमनाथ सापकोटा, नगरपालिका प्रशासन प्रमुख प्रकाश घिमिरे, वडा नम्बर २ का वडा सदस्य चुरा बहादुर पछाइ,नेकपा एमाले वडा कमिटी अध्यक्ष हरि कुवर लगाएतले शुभकामना मन्तव्य व्यक्त गर्नु भएको थियो ।
कार्यक्रममा प्रमुख अतिथिको आसनबाट बोल्दै नगरप्रमुख सोमनाथ सापकोटाले वार्ड्मा रहेका स्थानीय जनतालाइ सामाजिक सुरक्षा, सहुलियतपुर्ण कर्जा लगाएत विभिन्न किसिमको सुबिधा उपलब्ध गराएर सम्पुर्ण नागरिकलाई बैंकिङ्ग सेवा सङ्ग जोड्नु अहिलेको आवश्यकता रहेको बताउनुभयो ।

कार्यक्रममा मुसिकोट नगरपालिका कार्यपालिका सदस्य गोबिन्द नेपाली, वडा सदस्य कोपिला घिमिरे, नर बहादुर खत्री, राजनैतिक दलका प्रतिनिधि,बिद्यालयका प्र.अ., हेपो.इन्चार्ज,लगाएत समाजसेवी महानुभावको उपस्थिति रहेको थियो । वडाध्यक्ष लक्ष्मण खत्रीको अध्यक्षता नगर प्रमुख सोमनाथ सापकोटाको प्रमुख आतिथ्यता तथा पन्जिकरण शाखा प्रमुख बिष्णु प्रसाद फुल्लेलको सन्चालनमा कार्यक्रम सम्पन्न भएको थियो ।

प्रतिक्रिया दिनुहोस
ताजा अपडेट
धेरै पढिएका
सम्बन्धित समाचार

© 2026 All Right Reserved to Sajhanetwork.com  | Site By : SobizTrend