logo
  • शनिबार, साउन ३० २०८३

गायिका मञ्जुको “माया गर्न केहिले नरोकोस” सार्वजनिक


  • साझा नेटवर्क
  • शनिबार, साउन ३० २०८३

अनिल खत्री, गुल्मी भदौ २१ ।
लोक दोहोरी क्षेत्रमा चर्चित गायिका मञ्जु पौडेलको नयाँ आधुनिक गित ‘मलाई माया गर्न कसैले नरोकोस सार्वजनिक भएको छ । दर्जनौ लोक गित गाएर सबै माझ चर्चा बटुल्दै आएकी पौडेल र शान्तिम कोइरालाको आवाजमा रहेको आधुनिक गित सार्वजनिक भएको हो ।
Capture
लोक गित मार्फत चर्चाको शिखरमा रहेका गायिका पौडेलले आधुनिक गितमा आवाज दिएकी छन् । गितमा गायिका मञ्जु पौडेल र अस्ट्रेलियामा रहेका विरेन्द्रदीप मल्लको अभिनय रहेको छ ।

गीतमा विनोद घिमिरेको शब्द संगीत रहेको छ भने अर्जुन पोख्रेलले एरेन्ज गरेका छन् । म्यूजीक भिडियोलाई अस्ट्रेलियामा रहेका जीवन रसाइलीले निर्देशन गरेका हुन् ।

बि एम एस फिल्मस्को प्रस्तुतिमा निर्माण भएको गीतलाई ड्रिम रेकडिंग स्टुडियोको तर्फबाट प्रकाश केसीले रेकर्ड गरेका हुन् ।


भिडियो हेर्नुहोस ।

प्रतिक्रिया दिनुहोस
ताजा अपडेट
धेरै पढिएका
सम्बन्धित समाचार

© 2026 All Right Reserved to Sajhanetwork.com  | Site By : SobizTrend