logo
  • शनिबार, साउन ३० २०८३

प्यूठानमा पहिलो पटक ठूलो रासिको भलिबल प्रतियोगिता


  • साझा नेटवर्क
  • शनिबार, साउन ३० २०८३

अनिल खत्री,गुल्मी असोज ०६ ।

“कला सस्कृतिमा हामी सबैको एकता,स्वास्थ्यका लागि खेलकुद हाम्रो निरन्तरता” भन्ने मुल नारालाई आत्मसात गर्दै जिल्लामा अहिले सम्मकै ठूलो राशिमा भलिबल प्रतियोगिता हुने भएको छ । युवा तथा स्थानीय बजार बासिको सहकार्यमा प्युठानको गौमुखी गाउँपालिका वडा नम्बर ०५ ठुलाबेसिमा भलिबल प्रतियोगिता सहित विविध सास्कृतिक कार्यक्रम हुने भएको हो ।नजिकिदै गरेको बिजयदशमीको अबसर पारि असोज २२,२३ र २४ गते ३ दिने कार्यक्रम हुने भएको हो । आफ्नो जिल्ला बासी मात्र नभई जुन सुकै ठाउँबाट सहभागी बन्न सक्ने कार्यक्रम संयोजक रबि चन्दले बताउनु भएको छ । चन्द भन्नू हुन्छ जिल्लामा अहिले सम्म यति ठूलो रासिमा कार्यक्रम भएको थिएन यो पहिलो पटक हो । भलिबल तर्फ पहिलो पुरस्कार एक लाख एक हजार ,दोस्रो छैसठ्ठी हजार र तेस्रो पुरस्कार चालिस हजार रहेको छ । त्यस्तै अन्य प्रतियोगिताहरुमा स्लो मोटरसाइकल रेस ,महिला रस्सा कस्सा,लोकगित प्रतियोगिता ,घैटोफोर ,भालेपकड र सामुहिक नृत्य प्रतियोगिता पनि विभिन्न रासिमा हुने भएको छ ।

कार्यक्रमलाई गौमुखी गाउँपालिकाको पनि सहकार्य भएकोले नियम अनुसार पुरस्कारको कर कट्टी गरिने चन्दले बताउनु भयो ।कार्यक्रमलाई सभ्य र भब्य तरिकाले सम्पन्न गर्नको लागि रास्ट्रिय स्थरका ख्याती प्राप्त कलाकारको बेजोड प्रस्तुती रहने भएकोले सबैलाई कार्यक्रममा सहभागी हुन संयोजक रबि चन्दले आग्रह गर्नुभएको छ ।

प्रतिक्रिया दिनुहोस
ताजा अपडेट
धेरै पढिएका
सम्बन्धित समाचार

© 2026 All Right Reserved to Sajhanetwork.com  | Site By : SobizTrend