logo
  • शनिबार, साउन ३० २०८३

द लर्ड बुद्ध कप नाइन ए साईड खुल्ला नकआउट फुटवल प्रतियोगितामा किर्तिपुर युथ क्लव बिजयी


  • साझा नेटवर्क
  • शनिबार, साउन ३० २०८३

उर्मिला यादव यात्री फागुन २७ ।

पश्चिम नवलपरासीको सुनवल ५ बनकट्टिमा जारी द लर्ड बुद्ध कप नाइन ए साईड खुल्ला नकआउट फुटवल प्रतियोगितामा आज भएको खेलमा किर्तिपुर युथ क्लव बिजयी भएको छ । आज दिउसो भएको केडि गाईज र किर्तिपुर युथ क्लव विचको खेलमा केडी गाइजले २ गोल गरेको थियो भने किर्तिपुरले ३ गोल गरी २ का बिरुद्ध तीन गोल अन्तरले किर्तिपुर बिजयी भएको हो । यस्तै गरी भोलि शुक्रबार सनराइज र आकुसक्युड किर्तिपुर १ बिच प्रतिष्पर्धा हुने आयोजकले जनाएको छ ।द लर्ड बुद्ध युवा क्लव सुनवल ५ बनकट्टिको आयोजनामा संचालित प्रतियोगिताको बुधबार एक कार्यक्रमका विच उद्घाटन गरिएको हो आगामि चैत १२ गते सम्म चल्ने प्रतियोगितामा विजेताले रु १लाख ५ हजार नगद र उपविजेताले ५५ हजार नगद प्राप्त गर्ने आयोजकले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस
ताजा अपडेट
धेरै पढिएका
सम्बन्धित समाचार

© 2026 All Right Reserved to Sajhanetwork.com  | Site By : SobizTrend