logo
  • शनिबार, साउन ३० २०८३

दिल्लीको लक्ष्मीनगरमा फोकलले मनायो दोश्रो वार्षिकोत्सव


  • साझा नेटवर्क
  • शनिबार, साउन ३० २०८३

अर्जुन खनाल, नयाँ दिल्ली भारत जेष्ठ १० ।

भारतको राजधानी दिल्लिको लक्ष्मीनगरमा रही सी.ए. अध्ययन गरिरहेका नेपाली विद्यार्थीहरुको अनौपचारिक ग्रुप फोरुम अफ कृयटिभ आर्ट्स एण्ड लिट्रेचर (फोकल )को दोस्रो वार्षिकोत्सब आइतबार भब्यताका साथ सम्पन्न गरेको छ ।

received_10206701308159075

प्रत्येक महिनाको तेस्रो आइतबार लेख ,रचना बाचन संगै छलफल गर्दै आएपनी वार्षिकोत्सब भने चौथो आईतवार परेको थियो । दुई बर्षमा प्रवेश गरेको उपलक्ष्यमा पत्रकार ऋषिराम अधिकारी,प्राईम सिएका गोबिन्द पोख्रेललाई सम्मान स्वरुप मायाको चिनो उपलब्ध गराएका थिए ।

नेपाली दूतावासलाई पनि मायाको चिनो उपलब्ध गाराउने भने पनि कर्य ब्यस्तताले कार्यबाहक राजदुत कृष्ण प्रसाद ढकाल र शिक्षा तथा सांस्कृतिक बिभाग प्रमुख कृष्ण प्रसाद पन्त उपस्थित हुन नसकेको भन्दै फोकलको दोस्रो वार्षिकोत्सबको उपलक्ष्यमा शुभकामना पठाएका थिए ।

साहित्य,सङ्गीत, चित्रकला तथा कुनै पनि खालको कलामा रुचि राख्ने कलाप्रेमी र सर्जक विद्यार्थीहरुलाई प्रोत्साहन र उर्जा दिने अभिप्रायले उक्त ग्रपको निर्माण गरिएको फोकलमा आवद्ध भएकाले बताएका थिए ।

आआफ्नो रचना बाचन पछि फोकलको दुई बर्षको अवधि कस्तो रह्यो , अहिलेका कमि कमजोरीहरु , सुधार्नु पर्ने पक्षहरुसाथै आगामी दिनमा कसरी आगाडी बढ्ने बारे पनि छलफल गरिएको थियो । अनौपचारिक रूपमा प्राईम सिएको हलमा भएको कार्यक्रम संचालन भने दिपेन्द्र उपाध्यायले गरेका थिए ।

प्रतिक्रिया दिनुहोस
ताजा अपडेट
धेरै पढिएका
सम्बन्धित समाचार

© 2026 All Right Reserved to Sajhanetwork.com  | Site By : SobizTrend